ट्रूकलर एपमा ‘फेक राजेश हमाल’ नाममा मोबाइल नम्बर, त्यसैबाट कोरोनाविरुद्ध सचेतना फैलाउँदै सरकार

Technology Khabar २५ फाल्गुन २०७७, मंगलवार

ट्रूकलर एपमा ‘फेक राजेश हमाल’ नाममा मोबाइल नम्बर, त्यसैबाट कोरोनाविरुद्ध सचेतना फैलाउँदै सरकार
Classic Tech

सरकारले नै कोरोनाभाइरसको जानकारी दिने नाममा सर्वसाधारणलाई सिधै फोन कल गरेर जानकारी दिँदै ‘स्क्याम कल’ लाई प्रवर्द्दन गरिरहेको भेटिएको छ।

हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा व्यक्तिहरुलाई स्वचालितरुपमा कल गर्दै प्रकाश सपुतको आवाजमा कोरोना विरुद्धको जानकारी दिईरहेको छ।

मन्त्रालयले कोरोनाभाइरसबाट सतर्क रहन र मास्क लगाउन भन्दै मानिसहरुलाई सहि र राम्रो संदेश दिएपनि सो मोबाइल नम्बरमा राजेश हमालको नक्कली र गलत नाम प्रयोग गरिरहे देखिएको हो।

मन्त्रालयले सेभ द चिल्ड्रेनसँगको सहकार्यमा सो सूचना संदेश दिएको जानकारी समेत सो कलमा गराईएको छ।

सो नम्बरलाई मोबाइल नम्बर पत्ता लगाउने एप ट्रूकलर एपमा भने सो मोबाइल नम्बरलाई ‘फेक राजेश हमाल’ लेखिएको देखिन्छ । जून नम्बरबाट स्वचालितरुपमा प्रकाश सपुतको आवाजमा कोरोनाभाइरस विरुद्धको सचेतना संदेश सुन्न सकिन्छ।

फेक राजेश हमाल नाममा आउने सो ९८८००७१६६५ मोबाइल नम्बरमा कल गर्दा भने सो मोबाइल नम्बर स्क्याम भएको ट्रूकलर एपले देखाएको छ ।

व्यक्तिलाई आउने यस्तो संदेश करिब १ मिनेट १७ सेकेण्डसम्मको रहेको छ । जसलाई फोन नम्बर देखाउने ‘ट्रूकलर एप’ ले भने सिधै स्क्याम भएको देखाउँछ ।

ट्रूकलर (Truecaller) मोबाइल एपले तपाईँको मोबाइलमा आउने फोन नम्बर र तपाईँले डायल गरेको नम्बर कस्को नाममा छ र त्यो स्क्याम हो होइन भनेर देखाउने गर्दछ । यो एपलाई कुनैपनि मोबाइल नम्बर सहि भए नभएको वा स्क्याम हो वा होईन भनेर जानकारी लिनका लागि विश्वभरका स्मार्टफोन प्रयोगकर्ताहरुले प्रयोग गर्ने गर्दछन् ।

सो फोन नम्बरमा पुन: कल गरेर जानकारी लिन खोज्दा भने स्वचालित जवाफ मात्र आउने गर्दछ । अर्थात तपाईँले कुनै थप जानकारी प्राप्त गर्न सक्नुहुन्न।

तर सो मोबाइल नम्बरमा फोन गर्दा भने तपाईँको मोबाइलबाट रकम काटिने गर्दछ । यसरी करिब ६४ पैसादेखि ८७ पैसासम्म काटिने गर्दछ।

यसरी आउने फोन कलहरुलाई अमेरिकामा समेत ‘रोबोकल’ भएको भन्दै अमेरिकी सरकारलेसमेत प्रतिबन्ध लगाउँदै र कारबाही गर्दै आएको छ ।

तर नेपालमा भने गलत र भ्रामक नाममा रहेको देखिने मोबाइल नम्बरबाट सर्वसाधारणलाई फोन गरेर सरकारी निकायले नै कोरोना विरुद्धको जनचेतना दिएको छ।

राम्रो र सहि कार्यका लागि समेत सरकारी निकाय तथा अन्तराष्ट्रिय संस्था सेभ द चिल्ड्रेनले राजेश हमालको भ्रामक नाममा रहेको देखिने मोबाइल नम्बर प्रयोग गर्नु र सो मोबाइल रोबोकलको रुपमा प्रयोग गर्दा कतै दूरसञ्चार सेवाको दूरुपयाेग त भएको छैन् ? भन्ने प्रश्न उब्जाएको छ।

TK Viber

प्रकाशित: २५ फाल्गुन २०७७, मंगलवार

Loading...