अब आईफोन १२ भारतमै बन्ने, घट्ला त मूल्य?

Technology Khabar २५ फाल्गुन २०७७, मंगलवार

अब आईफोन १२ भारतमै बन्ने, घट्ला त मूल्य?
Classic Tech

भारतमा छिट्टै नै आईफोन १२ को उत्पादन सुरु हुने भएको छ।

ताइवानी कम्पनी फक्सकनले भारतमा देशभित्र खपत र देश बाहिर निर्यातका लागि विभिन्न मोडेलहरु उत्पादन गर्नेछ।

एक रिपोर्टका अनुसार आईफोनको ७ देखि १० प्रतिशत उत्पादन चीनबाट भारतमा सर्नेछ। भारतमा यसै वर्षको अन्त्यतिर अर्को कम्पनी पेगाट्रोनले पनि आईफोन एसेम्बल गर्ने भएकाले चीनबाट भारतमा सर्ने भएको हो।

हालका लागि फक्कनको प्लान्टले भारतमा आईफोन ११ र आईफोन एक्सआरको निर्माण सुरु गर्नेछ।

बिजनेस स्ट्यान्डर्डले निकालेको रिपोर्टमा आईफोन १२ भने फक्सकनको तामिलनाडुमा रहने प्लान्टमा गरिनेछ। भारत सरकारको उत्पादन सम्बद्ध प्रोत्साहन योजना पीएलआई अन्तर्गत एप्पलले फक्सकन, विस्ट्रोन र पेगाट्रोनसँग सहकार्य गरेको हो।

भारतमा रहेको प्लान्टमा आईफोन १२ मिनी पनि उत्पादन गर्ने बताइए पनि यसबारेमा यकिन भइसकेको छैन। पेगाट्रोनको उत्पादन प्लान्ट यसै वर्षको मध्यतिर स्थापना गरिसकिने जनाइएको छ।

एप्पलका सीईओ टिम कूकले भनेका छन्, ‘हामीले भारतमा यो वर्षको अन्तिमा त्रैमासमा अघिल्लो वर्षको भन्दा दोब्बर व्यापार गरेका छैं। तर यहाँको हाम्रो व्यापार अवसरको दाँजोमा धेरै कम छ।’

भारतको प्रोत्साहन योजना अन्तर्गत रहेक आईप्याड पनि उत्पादन हुने बताइएको छ। एप्पलले धेरै अघिदेखि उत्पादन हबका रुपमा चीनमै मात्र निर्भर हुने कुरा खतराजनक रहेको सोचेर यसको विकल्प खोजिरकेो थियो।

विभिन्न महामारी, राजनैतिक समस्या, व्यापार युद्ध आदिका कारण कम्पनीले आफ्नो उत्पादन भारत, भियतनाम तथा इन्डोनेसियामा सार्न चाहेको थियो। यसै अनुरुप भारतमा आईफोन उत्पादन हुने तथ्यले मूर्तरुप लिएको हो।

आईफोन १२ को बेस भर्जनको मूल्य ७४९ डलर तोकिएको छ जुन भारु ५४ हजार ७ सय रुपैयाँ हाराहारी हुन आउँछ। तर आयात खर्च र कर घट्ने भएकाले भारतमा यसको मूल्य केही घट्न सक्ने आकलन गरिएको छ।

नेपालमा पनि आईफोन १२ हट केकका रुपमा बिक्री हुँदै आएको छ।

TK Viber

प्रकाशित: २५ फाल्गुन २०७७, मंगलवार

Loading...