अर्बपति जेफ बेजोसकी पूर्व पत्नीले गरिन् विज्ञान शिक्षकसँग बिहे, बेजोसले दिए बधाई

Technology Khabar २४ फाल्गुन २०७७, सोमबार

अर्बपति जेफ बेजोसकी पूर्व पत्नीले गरिन् विज्ञान शिक्षकसँग बिहे, बेजोसले दिए बधाई
Global IME Bank

काठमाडौं ।

अमेरिकी अर्बपति तथा अमेजनका संस्थापक जेफ बेजोसकी पूर्व पत्नी म्याक्केन्जी स्कटले आफ्ना बच्चाहरु पढ्ने विद्यालयका विज्ञान शिक्षकसँग बिहे गरेकी छिन्।

उनले बेजोससँग २ वर्षअघि डिभोर्स गरेकी थिइन्। उनी विश्वकै धनाढ्य महिलामध्येकी एक हुन् र उनले अहिलेसम्म आफ्नो भागमा पर्ने ४ अर्ब डलर विभिन्न समाजसेवाका कार्यका लागि दान दिइसकेकी छिन्।

उनीसँग हालै बिहे गरेका विज्ञान शिक्षकको नाम ड्यान जेवेट हो।

‘ड्यान राम्रा व्यक्ति हुन् र म दुवैका लागि खुसी र उत्साहित पनि छु,’ बेजोसले एउटा विज्ञप्तिमा भनेका छन्।

फोर्ब्सले हालै निकालेको तथ्याङ्क अनुसार स्कटको सम्पत्ति ५३ अर्ब डलर जति छ र उनले यसको अधिकांश हिस्सा दान दिने घोषणा गरेकी छिन्।

उनले हालसम्म आफ्नो सम्पत्तिबाट विशेषगरी महिलाले चलाएको च्यारिटी संस्थाहरु, फूड ब्याङ्क तथा अश्वेत कलेजहरुलाई दान दिँदै आएकी छिन्।

स्कटले बेजोससँग २५ वर्षअघि बिहे गरेकी थिइन् भने सन् १९९४ मा अमेजन स्थापना गर्नमा पनि सहयोग गरेकी थिइन्। त्यस बाहेक उनी दुई वटा उपन्यासकी लेखिका पनि हुन्।

अमेजनको अथर पेजमा अहिले उनको बारेमा लेखिएको छ, ‘उनी स्कट आफ्ना चार बालबालिका र पति ड्यानसँग सियाटलमा बस्छिन्।’

उनका पति उनका बालबालिका पढ्ने एउटा प्रतिष्ठित विद्यालयमा पढाउँछन्।

*हेडलाइन सम्पादित

Sajilo Visa

प्रकाशित: २४ फाल्गुन २०७७, सोमबार

तपाइको प्रतिक्रिया