अब हरेक सार्वजनिक निकायका सूचना अधिकारीको एकै प्रकारको ई-मेल ठेगाना हुनुपर्ने

Technology Khabar २४ फाल्गुन २०७७, सोमबार

अब हरेक सार्वजनिक निकायका सूचना अधिकारीको एकै प्रकारको ई-मेल ठेगाना हुनुपर्ने
Classic Tech

राष्ट्रिय सूचना आयोगले सार्वजनिक निकायमा सूचना माग गर्न सहज हाेस् भन्ने उद्देश्यले सूचनाअधिकारी (suchanaadhikari) नामको ई-मेल ठेगाना बनाउन निर्देशन दिएको छ ।

आयोगले गएको फागुन १८ गते गरेका विभिन्न निर्णयहरुमा अबदेखि हरेक सार्वजनिक निकायले एकै प्रकारको विशेष ई-मेल ठेगाना बनाउन निर्देशन दिने पनि उल्लेख गरेको थियो।

निर्णय अनुसार यो ई-मेल ठेगाना suchanaadhikari नाममा हुनुपर्ने छ।

बैठकले विशेष ई-मेल ठेगाना बनाउन निर्देशन दिने बाहेक प्रदेशिक कार्यालय स्थापनाका लागि अध्ययन गर्न तथा आयवगको अनुगमान प्रतिवेदन र मासिक खर्चको विवरण सार्वजनिक गर्ने लगायतका निर्णयहरु गरेको थियो।

आयोगका अनुसार अब बन्ने सबै निकायको ई-मेल ठेगाना suchanaadhikari नामको हुने र त्यसपछिका विवरण भने सम्बन्धित निकायको हुनेछ।

उदाहरणका लागि  शिक्षा मन्त्रालय र अर्थ मन्त्रालयका सूचना अधिकारीका अब बन्ने नयाँ ई-मेल ठेगाना यस्ता हुनेछन्:

शिक्षा मन्त्रालय: [email protected]

अर्थ मन्त्रालय: [email protected]

माथिका ई-मेल ठेगानामा सुरुको suchanaadhikari नाम एउटै छ भने त्यसलगत्तै @ पछाडिका विवरणहरु भने सम्बन्धित निकायको छ।

यसरी बनाइएको ई-मेल ठेगाना सम्बन्धित सूचना अधिकारीले चलाउने हुँदा व्यक्ति हेरफेर हुँदा पनि सेवाग्राहीले सूचना लिन पाउने अधिकारमा कुनै ढीलासुस्ती नहुने अपेक्षा आयोगले गरेको छ।

यसबाहेक यसरी ई-मेल ठेगानाको अगाडि एउटै नाम हुने र @ पछिका विवरण सम्बन्धित निकायको हुने हुँदा कसैले कुनै निकायको ई-मेल ठेगाना के होला भनेर अलमलमा पर्नु पर्दैन।

एकै प्रकारको हुने भएकाले अन्दाज गरेर नै पनि आफूले चाहेको निकायको सूचना अधिकारीसँग सूचना माग्न सहज हुनेछ।

 

 

TK Viber

प्रकाशित: २४ फाल्गुन २०७७, सोमबार

Loading...