बाहिरियो शाओमीको मी ब्याण्ड ६ सार्वजनिक हुने मिति र सम्भावित मूल्य

Technology Khabar २४ फाल्गुन २०७७, सोमबार

बाहिरियो शाओमीको मी ब्याण्ड ६ सार्वजनिक हुने मिति र सम्भावित मूल्य
Classic Tech

शाओमीको स्मार्ट ब्याण्डको नयाँ भर्जन मी ब्याण्ड ६ को सार्वजनिक हुने मिति र यसको सम्भावित मूल्यका बारेमा केही जानकारीहरु बाहिरिएका छन्।

सञ्चारमाध्यम मार्फत् सार्वजनिक भएका जानकारीहरुका अनुसार शाओमीको मी ब्याण्ड ६ आगामी जुन महिनामा सार्वजनिक हने र त्यसको १ महिनाभित्र विश्वभरी नै उपलब्ध हुने आशा गर्न सकिन्छ।

नयाँ भर्जनमा अघिल्ला भर्जनमा भन्दा ब्लड अक्सिजन सेन्सर तथा एलेक्जा भ्वाइस असिस्टेन्ट जस्ता केही नयाँ फिचरहरु थपिनेछन्। यसको सम्भावित मूल्यका बारेमा कुरा गर्दा यो ब्याण्ड लगभग ४० डलरका हाराहारीमा उपलब्ध हुने आकलन गर्न सकिन्छ। तर यो मूल्य एनएफसी रहित भर्जनको मात्र हो। एनएफसी फिचरसहितको भने केही बढी पर्न सक्छ।

शाओमीको मी ब्याण्ड ६ दुई भर्जनमा सार्वजनिक हुनेछ। तीमध्ये एउटामा एनएफसी फिचर हुनेछ भने अर्कोमा यो फिचर उपलब्ध हुने छैन। विश्वभर ज्यादै लोकप्रिय र माग भएको फिचर भएकाले कम्पनीले विश्व बजारमा भने एनएफसी फिचर भएकै भर्जन उपलब्ध गराउनेछ।

मी ब्याण्ड ६ को डिस्प्ले यसको अछिल्लो भर्जन मी ब्याण्ड ५ को भन्दा हल्का ठूलो हुनेछ। यस बाहेक यसमा बिल्ट-इन जीपीएस र हार्ट रेट मोनिटर पनि रहनेछ।

मी ब्याण्ड ६ मा फिटनेश फङ्शन पनि थपिएको छ। यसमा पहिले भएका फङ्शनमा केही नयाँ थपिएर अब फिटनेश फङ्शनको सङ्ख्या ३० पुर्याइएको छ।

TK Viber

प्रकाशित: २४ फाल्गुन २०७७, सोमबार

Loading...