खुमलटारमा ज्ञान पार्क निर्माणको काम अनिश्चित, डिपिआरको टेण्डर ८ महिनापछि रद्द

Technology Khabar २४ फाल्गुन २०७७, सोमबार

खुमलटारमा ज्ञान पार्क निर्माणको काम अनिश्चित, डिपिआरको टेण्डर ८ महिनापछि रद्द
Classic Tech

बनेपामा रहेको आइटीपार्क मासेर सेक्यूरिटी प्रेस स्थापना गर्ने योजनासँगै ललितपुरको खुमलटारमा सारिएको ज्ञान पार्कको निर्माण अनिश्चित भएको छ ।

यसअघि सूचना प्रविधि विबनेपामा रहेको आइटीपार्क मासेर सेक्यूरिटी प्रेस स्थापना गर्ने योजनासँगै ललितपुरको खुमलटारमा सारिएको ज्ञान पार्कको निर्माण अनिश्चित भएको छ ।

यसअघि सूचना प्रविधि विभागले सो ज्ञान पार्क निर्माणको क्रमलाई अगाडी बढाउँदै त्यसको बिस्तृत परियोजना बिबरण(डिपिआर) तयार पार्न लागेकोमा हाल सो कार्य रोकिएको छ ।

सूचना प्रविधि विभागले यसअघि गएको असार ११ गते टेण्डरमार्फत सो ज्ञानपार्कको डिपिआर तयार गर्न आशयपत्र माग गरेकोमा हाल सो टेण्डर नै रद्ध गरेको छ।

सो टेण्डर रद्ध भएसँगै अब ज्ञान पार्क निर्माणको क्रम अलपत्र भएको छ ।

टेण्डर रद्ध हुनुमा सो स्थानको जग्गा नै विभागको नाममा उपलब्ध नहुनु रहेको छ । रेडियो नेपालले उपभोग गर्दै आएको भनिएको सो स्थानको जग्गा यसअघि सरकारले ज्ञान पार्क निर्माण गर्न र नेपाल दूरसञ्चार प्राधिकरणलाई उपलब्ध गराउने मन्त्रिपरिषदबाट निणर्य गरेको थियो ।

तर हालसम्म सो जग्गा दुबै निकायहरुले प्राप्त गर्न सकेका छैनन भने सो स्थानमा कति जग्गा रेडियो नेपालको नाममा छ भन्ने समेत यकिन हुनसकेको छैन् ।

विभागले सो स्थानमा घेराबेरा गर्ने र डिपिआर तयार पारेर ज्ञान पार्क निर्माण गर्ने योजना थियो तर जग्गा नै विभागको नाममा आउन नसक्दा सो योजना अलपत्र परेको हो ।भागले सो ज्ञान पार्क निर्माणको क्रमलाई अगाडी बढाउँदै त्यसको बिस्तृत परियोजना बिबरण तयार पार्न लागेकोमा हाल सो कार्य रोकिएको छ ।

सूचना प्रविधि विभागले यसअघि गएको असार ११ गते टेण्डरमार्फत सो ज्ञानपार्कको डिपिआर तयार गर्न आशयपत्र माग गरेकोमा हाल सो टेण्डर नै रद्ध गरेको छ।

सो टेण्डर रद्ध भएसँगै अब ज्ञान पार्क निर्माणको क्रम अलपत्र भएको छ । टेण्डर रद्ध हुनुमा सो स्थानको जग्गा नै विभागको नाममा उपलब्ध नहुनु रहेको छ । रेडियो नेपालले उपभोग गर्दै आएको भनिएको सो स्थानको जग्गा यसअघि सरकारले ज्ञान पार्क निर्माण गर्न र नेपाल दूरसञ्चार प्राधिकरणलाई उपलब्ध गराउने मन्त्रिपरिषदबाट निणर्य गरेको थियो ।

तर हालसम्म सो जग्गा दुबै निकायहरुले प्राप्त गर्न सकेका छैनन भने सो स्थानमा कति जग्गा रेडियो नेपालको नाममा छ भन्ने समेत यकिन हुनसकेको छैन् ।

विभागले सो स्थानमा घेराबेरा गर्ने र डिपिआर तयार पारेर ज्ञान पार्क निर्माण गर्ने योजना थियो तर जग्गा नै विभागको नाममा आउन नसक्दा सो योजना अलपत्र परेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका एक अधिकारीले सो स्थानको जग्गा ल्याउने निकै कोसिस भएपनि जग्गा नै उपलब्ध नभएको जानकारी दिए ।

‘मन्त्रालयले समेत पहल गरेको थियो तर विभागको नाममा जग्गा नै ल्याउन सकिएको छैन् । त्यसैले ज्ञान पार्कको काम अलपत्र परेको हो,’ ती अधिकारीले भने ।

मन्त्रालयले ज्ञान पार्कको जिम्मा विभागलाई दिएको थियो सोहि आधारमा विभागले समेत पार्क निर्माणको लागि प्रकृया अगाडी बढाएको बताएको थियो ।

करिब १ वर्षमा डिपिआर तयार पार्ने योजना थियो भने त्यसपछि ज्ञान पार्कको भौतिक कार्य अगाडी बढाईने योजना रहेको थियो । टेण्डर रद्द भएसँगै अब भने ती सबै योजनाहरु अलपत्र परेका हुन् ।

सरकारले चालु आवको बजेटमा नै रेडियो नेपालको ११८ रोपनी जग्गामा राष्ट्रिय ज्ञान पार्क बनाउने घोषणा गरेको थियो ।

सोहि स्थानमा रहेको रेडियो नेपालको अर्को ४२ रोपनी जग्गामा भने नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइटको लागि आवश्यक पर्ने अर्थ स्टेशन राख्ने योजना गरिएको छ ।

ज्ञान पार्क र दूरसञ्चार प्राधिकरणलाई दिईने जग्गा सडकको वारिपारि रहेको छ । तर दुबै जग्गाहरु अझै नामसारी हुन सकेको छैन् ।

अर्कोतर्फ बनेपाको आइटी पार्कको जग्गा भने सेक्यूरिटी प्रेसका लागि दिने निर्णय भएकोमा त्यहाँ पनि विवादले गर्दा काम अगाडी बढ्न सकेको छैन् ।

तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटा  सेक्यूरिटी प्रेस खरिद प्रकृयामा ७० करोड कमिशन काण्डमा मुछिएपछि सो सेक्यूरिटी प्रेस स्थापना कार्य समेत विवादमा आएको हो।

यो पनि हेर्नुस्-

ज्ञान पार्कको लागि ‘डिपिआर’ तयार पार्न प्रस्ताव आव्हान, जग्गा कहिले आउँछ अझै टुंगो छैन्

TK Viber

प्रकाशित: २४ फाल्गुन २०७७, सोमबार

Loading...