रेजरले ल्यायो स्मार्ट ग्लास

Technology Khabar २४ फाल्गुन २०७७, सोमबार

रेजरले ल्यायो स्मार्ट ग्लास

काठमाडौं ।

गेमरहरुका लागि विश्वकै अग्रणी लाइफस्टाइल ब्राण्ड रेजरले स्मार्ट ग्लास उत्पादनमा पनि हात हालेको छ।

सन् २००५ मा अमेरिकाको क्यालिफोर्निया र सिंगापुरमा हेडक्वार्टर राखेर स्थापना भएको कम्पनीले हालै अन्जु नामको स्मार्ट ग्लास सार्वजनिक गरेको छ। यसको दुई वटा आकार तथा लेन्सको अप्शन हुनुका साथै बिल्ट-इन अडियो फङ्शन पनि रहेको छ।

म्युजिक कन्ट्रोल गर्नका लागि फ्रेमको कञ्चट नजिकै पर्ने भागमा टच फङ्शन राखिएको छ। यहाँबाट धेरै किसिमका फङ्शनहरु आफ्ना हिसाबले कन्ट्रोल गर्न सकिन्छ। प्रयोगकर्ताको सजिलोको लागि यी टच फङ्शनहरु दुवै साइडको फ्रेममा राखिएको छ।

रेजरको अन्जु स्मार्टग्लास आयताकार र गोलाकार गरी दुई डिजाइनमा उपलब्ध छ। दुवैमा सानो र ठूलो साइजको फ्रेम छान्ने अप्शन रहेको छ।

रेजरको प्याकेटमा दुईवटा लेन्स रहेको हुन्छ। फ्रेममै हालिएको लेन्स भित्र प्रयोगका लागि राखिएको हुन्छ जसले कम्प्युटरबाट आउने नीलो प्रकाश ३५ प्रतिशत रोक्छ। अर्को लेन्स पोलराइज्ड रहेको छ भने यसले पराबैजनी किरणहरु ९९ प्रतिशतसम्म रोक्न सक्छ।

यसमा तोकिएका अन्य केही लेन्सहरु पनि राख्न सकिनेछ। कम्पनीले यसका लागि लेन्सबल सँग सहकार्य गरेको छ। यी बाहेक यो अन्जु स्मार्टग्लास आईपीएक्स४ वाटर रेजिस्टेन्ट छ भने यसमा ५ घण्टाको ब्याट्री ब्याकअप, दुई हप्ताको सट्याण्डबाइ तथा ६० एमएस अडियो ल्याटेन्सी र डेडिकेटेड गेम मोड पनि उपलब्ध छ।

यसको सुरुवाती मूल्य २०० डलर वा २१० यूरो तोकिएको छ भने यसको लेन्स फेर्नुपरेमा ३० डलर वा ३५ यूरो तोकिएको छ।

Global Bank
easy care

प्रकाशित: २४ फाल्गुन २०७७, सोमबार

ताजा समाचार