प्रविधि क्षेत्रका दुई महिलाहरुलाई जोन्ता क्लब अफ काठमाडौंद्वारा अवार्ड प्रदान

Technology Khabar २३ फाल्गुन २०७७, आईतवार

प्रविधि क्षेत्रका दुई महिलाहरुलाई जोन्ता क्लब अफ काठमाडौंद्वारा अवार्ड प्रदान

काठमाडौं ।

जोन्ता क्लब अफ काठमाडौंले अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर प्रविधि क्षेत्रका दुई महिलाहरुलाई सम्मान गरेको छ।

संस्थाले गर्ल्स इन टेककी प्रबन्ध निर्देशक मेलिसा घिमिरे र एस्टेरोयड पत्ता लगाउने रेजा थापालाई येल्लो रोज डेमा सम्मान गरेको हो ।

जोन्ता क्लबले गल्र्स इन टेक नेपालकी प्रबन्ध निर्देशक मेलिसा घिमिरेलाई सम्मान गरेको हो । उनले सूचना प्रविधिको क्षेत्रमा योगदान गरेको आधारमा ज्योती स्कलरसिप अवार्डद्वारा सम्मान गरिएको जनाएको छ ।

घिमिरे वुमन इन बिग डाटा एसईए रिजनमा समेत कार्यक्रम संयोजकको रुपमा कार्यरत छिन् ।

त्यसैगरि क्लबले अन्तरिक्षबाट आउने एस्टेरोयड पत्ता लगाएको भन्दै रेजा थापालाई सम्मान गरेको छ । उनलाई वुमन इन स्पेस क्याटगरीमा सम्मान गरिएको हो ।

उनले सन् २०१९ देखि २०२० को बिचमा अल नेपाल एस्टेरोयड्स सर्च क्याम्पेनअन्तरगत मेनबेल्ट एस्टेरोयड पत्ता लगाएकि थिईन् । जोन्ता क्लबले उनलाई इन्द्रकला स्कलरसिप अवार्डद्धारा सम्मान गरिएको जनाएको छ ।

क्लबले यसबाहेक अन्य क्षेत्रमा योगदान गर्ने महिलाहरुलाई समेत सम्मान गरेको छ ।

Sajilo Visa

प्रकाशित: २३ फाल्गुन २०७७, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार