Technology Khabar २३ फाल्गुन २०७७, आईतवार
नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्नो १०१ औं आउटलेट लुम्बिनी प्रदेशको प्रमुख बजार नेपालगंजमा स्थापना गरेको छ।
कम्पनीले लुम्बिनी प्रदेशका आफ्ना ग्राहकहरुलाई प्रत्यक्ष र सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले आफ्नो नयाँ आउटलेट संचालनमा ल्याएको हो ।
क्लासिक टेकका प्रमुख सेल्स एण्ड मार्केटिंङ्ग अफिसर बिनय कुमार अधिकारी तथा कम्पनीका फाइबर प्रमुख चम्पक खड्काले संयुक्तरुपमा नेपालगंज आउटलेट उद्घाटन गरेका थिए । आउटलेटमा बिल्लिङ्, कस्टमर सपोर्ट, फाइबर स्टाफ र मार्केटिंग गरेर ४५ जना स्टाफ राखिएको छ।
नेपालगंजको पुस्पलाल चोकबाट ३०० मिटर उत्तरमा संचालनमा ल्याएको नयाँ आउटलेटबाट कम्पनीले नेपालगंजका हरेक साना गाउँहरुमा आफ्नो सेवा विस्तार गर्ने योजना लिएकोछ ।
यसअघिदेखि नै नेपालगंज क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुलाई इन्ट्रानेट उपलब्ध गराउँदै आएकोमा अब भने कम्पनीले सर्वसाधारण ग्राहकहरुलाई समेत इन्टरनेट सेवा उपलब्ध गराउनेछ । घरायसी प्रयोजन, साना कार्यालयहरु र कर्पोरेट कम्पनीहरुका लागि समेत सो सेवा उपलब्ध हुनेछ ।
कम्पनीले नेपालकै सबैभन्दा सस्तो धमाकेदार अफर नेपालगंजको लागि पनि उपलब्ध गराएको छ र अब यो सेवा स्थानीयबासीले समेत लिनसक्ने भएका छन् ।
आउटलेट उद्घाटन गर्दै प्रमुख सेल्स एण्ड मार्केटिङ्ग अफिसर बिनय कुमार अधिकारीले नयाँ शाखा संचालनमा आएसँगै नेपालगंजका ग्राहकहरुलाई छिटो छरितो सेवा उपलब्ध गराउने बताए।
‘अरु इन्टरनेट सेवा प्रदायकहरुको भन्दा उत्कृष्ट मूल्यमा हामी तिब्रगतिको इन्टरनेटका साथै उत्कृष्ट ग्राहक सेवा दिनेछौं,’ प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारीले भने।
कम्पनीले धमाकेदार अफरअन्तरगत २० एमबिपिएस स्पीडको इन्टरनेट केबल ७९९ प्रति महिनामा उपलब्ध गराउँदै आएको छ जसका साथमा १५० टिभी च्यानलहरु र युट्यूब समेत हेर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ।
प्रकाशित: २३ फाल्गुन २०७७, आईतवार