Technology Khabar २३ फाल्गुन २०७७, आईतवार
काठमाडौं ।
एप्पलले आईम्याक प्रो डेस्कटप कम्प्युटरको उत्पादन बन्द गर्ने भएको छ।
कम्पनीले आफ्नो वेबसाइटमा आईम्याक प्रो (व्हाइल सप्लाइज लास्ट) ‘स्टक रहेसम्म मात्र’ भन्ने ट्याग लगाएर बिक्रीका लागि राखेको छ। यसको मतलब स्टकमा भएको जति बेच्ने र नयाँ कम्प्युटर सेटहरु उत्पादन नगर्ने भन्ने बुझिन्छ।
आईम्याक प्रोका बारेमा रहेको यो जानकारी सबैभन्दा पहिले ९ टु ५ म्याकले शेयर गरेको थियो भने पछि एप्पलले द भर्जलाई आईम्याक प्रोको स्टक सकिएपछि उत्पादन बन्द गर्ने स्पष्ट पारेको थियो।
आईम्याक प्रो स्ट्यान्डर्ड आईम्याकको अझ शक्तिशाली भर्जन हो। यसमा वर्कस्टेशन ग्रेडको इन्टेल जेअन प्रोसेसर तथा इसीसी मेमोरी र एएमडी रेडन प्रो ग्राफिकस् रहेको छ। यसबाहेक यसमा स्ट्यान्डर्ड आईम्याकभन्दा सुधारिएको कुलिङ फिचर रहेको छ भने यो स्पेस ग्रे कलरमा उपलब्ध छ।
एप्पलले स्ट्यान्डर्ड आईम्याकलाई यसै वर्ष एआरएम मा आधारित एप्पल सिलिकन चिप सहित नयाँ डिजाइनमा प्रस्तुत गर्ने योजनामा छ। नयाँ कन्फिगरेशनले पुरानोलाई विस्थापित गर्ने बुझिएको छ।
प्रकाशित: २३ फाल्गुन २०७७, आईतवार