Technology Khabar २३ फाल्गुन २०७७, आईतवार
मेसेजिङ्ग एप ह्वाट्सएपले पुरानो एन्ड्रोइड र आईओएस संस्करणमा चल्ने स्मार्टफोनमा आवधिकरूपमा सपोर्ट बन्द गरिरहन्छ।
अब भने कम्पनीले केहि थप स्मार्टफोनहरूबाट ह्वाट्सएपको समर्थन हटाउनेछ। यदि तपाईंको फोन पुरानो छ र तपाईं ह्वाट्सएपको नियमित उपयोगकर्ता हुनुहुन्छ भने, तपाईंले केही समस्याको सामना गर्नुपर्नेछ।
ह्वाट्सएप ट्र्याक गर्ने साइट डब्लुएबेटाइन्फोका अनुसार एप्पलको आईओएस ९ र एन्ड्रोइड ४.०.३ ओएसमा काम गर्ने फोनमा ह्वाट्सएपको सपोर्ट गर्न रोकिनेछ।
यस्तो अवस्थामा यदि तपाईं ह्वाट्सएप प्रयोग गर्न जारी राख्न चाहानुहुन्छ भने पनि तपाईंले या त आफ्नो अपरेटिङ्ग प्रणाली अपडेट गर्नुपर्नेछ वा नयाँ फोन किन्नुपर्नेछ। यद्यपि कम्पनीले आधिकारिक रूपमा यस बारे कुनै जानकारी दिएको छैन।
डब्लुएबेटाइन्फोले आफ्नो ट्वीटमा लेखेको छ कि आईओएस ९ उपकरणहरूको लागि ह्वाट्सएपको बीटा संस्करण २.२१.५० को समर्थन बन्द गरिएको छ। यद्यपि यो कम्पनीको एफएक्यू पृष्ठमा अझै अपडेट गरिएको छैन।
WhatsApp Messenger beta 2.21.50 drops the support for iOS 9.
The FAQ hasn't been updated yet. https://t.co/3bpOuq0jvp https://t.co/QMM7AkVY7U
— WABetaInfo (@WABetaInfo) March 5, 2021
कम्पनीको एफएक्यू पृष्ठका अनुसार, ह्वाट्सएप आईओएस ९ वा नयाँ आईफोनमा र एन्ड्रोइड ४.०.३ वा त्यसभन्दा नयाँ फोनमा प्रयोग गर्न सकिन्छ।
प्रकाशित: २३ फाल्गुन २०७७, आईतवार