आईप्रोका फिचर फोन नेपाली बजारमा उपलब्ध

Technology Khabar २३ फाल्गुन २०७७, आईतवार

आईप्रोका फिचर फोन नेपाली बजारमा उपलब्ध
Classic Tech

नेपाली बजारमा चाइनिज मोबाइल ब्राण्ड आईप्रोका फिचर फोन भित्रिएका छन् । भीएस ग्रुपले आईप्रोका फोनहरु आधिकारिक रुपमा नेपाली बजारमा उपलब्ध गराएको हो ।

पहिलो चरणमा कम्पनीले आईप्रोका सीमित मोडलका फिचर फोनहरु मात्र बिक्री गर्नेछ भने भने बिस्तारै अन्य डिजाइनमा फोनहरु उपलब्ध गराउने बताएको छ । कम्पनीले नेपाली उपभोक्ताहरुको माग र आवश्यकतालाई मध्यनजर गरेर आईप्रोका फिचर फोन मोडलहरु ल्याउन लागेको हो ।

आईप्रोका फिचर फोनहरुमा ड्युअल सिम, वायरलेस एफएम, क्यामरा, मेमोरी कार्ड थप्न सकिने सुविधा, भिडियो रेकर्ड गर्न सकिने सुविधालगायतका विशेषता हुने कम्पनीले जानकारी दिएको छ ।

आगामी दिनमा आईप्रोका धेरै मोडलहरु समेत नेपाल ल्याउने र चाँडै नै स्मार्टफोन समेत ल्याउने तयारी गरेको छ।

नेपाली बजारमा आईप्रोका फिचर फोनहरु ९ सय देखि १० हजार रुपैयाँ मूल्य सम्ममा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: २३ फाल्गुन २०७७, आईतवार

Loading...