नासाद्वारा प्रक्षेपण गरिएको पर्सिभेरन्स रोभरले मंगल ग्रहमा सुरु गर्यो अनुसन्धान

Technology Khabar २३ फाल्गुन २०७७, आईतवार

नासाद्वारा प्रक्षेपण गरिएको पर्सिभेरन्स रोभरले मंगल ग्रहमा सुरु गर्यो अनुसन्धान
Classic Tech

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाद्वारा प्रक्षेपण गरेको पर्सिभेरन्स रोभर नामको अन्तरिक्ष यानले मंगल ग्रहको सतहमा अनुसन्धान सुरु गरेको छ।

एजेन्सीले रोभरले मंगल ग्रहको सतहमा हिँडडुल गर्न थाले पनि धेरै दूरी तय गरिनसकेको बताएको छ। यसले अहिलेसम्म जम्मा ६.५ मिटर अर्थात् २१ फिटको यात्रा गरेको छ। तर नासाका वैज्ञानिक केटी स्टेक मोर्गनले यसलाई महत्वपूर्ण उपलब्धि भएको बताएकि छिन्।

अन्तरराष्ट्रिय समाचार संस्था बीबीसीसँगको कुराकानीमा मोर्गनले पर्सिभेरन्स रोभर अहिले थुप्रै प्राविधक परीक्षणका क्रममा रहेको बताए।तर तर यी परीक्षण सकिएपछि यसमा लगाइएका रबरका पाङ्ग्राहरु घुम्न थाल्नेछन् र त्यसपछि हामी आफैं यसको माध्यमबाट आफूलाई मंगलग्रहको अनुसन्धाता मान्न सक्नेछ।

यो पनि पढ्नुहोस्

उनका अनुसार यसअघि पठाइएका अन्य रोभरहरुभन्दा पर्सिभेरन्स रोभरमा लागाइएका चक्काहरु धेरै बलिया छन्। यो अमेरिकी स्पेस एजेन्सी नासाद्वारा मंगल ग्रहमा अवतरण गराइएको १ टनको रोभरहरुमध्ये दोस्रो हो।

पर्सिभेरन्स रोभर नासाले हालसम्म मंगल ग्रहमा अवतरण गराएकोमध्ये सबैभन्दा द्रुत गतिको रोभर हो।

पर्सिभेरन्स रोभरले आउँदो साता मंगल ग्रहको सतहका केही तस्बिरहरु खिचेर पठाउने अपेक्षा गरिएको छ। यी तस्बिरहरुबाट वैज्ञानिकहरुलाई मंगल ग्रहको सतहका आसपासको क्षेत्रका बारेमा अध्ययन गर्न सहज हुनेछ।

TK Viber

प्रकाशित: २३ फाल्गुन २०७७, आईतवार

Loading...