फेसबुकले आफ्नो प्लेटफर्ममा रहेको राजनीतिक विज्ञापनमाथिको प्रतिबन्ध हटायो

Technology Khabar २२ फाल्गुन २०७७, शनिबार

फेसबुकले आफ्नो प्लेटफर्ममा रहेको राजनीतिक विज्ञापनमाथिको प्रतिबन्ध हटायो
Classic Tech

फेसबुकले अस्थायीरूपमा राजनीतिक विज्ञापनमाथिको प्रतिबन्ध हटाएको छ। फेसबुकका अनुसार यसको प्रणालीले राजनीतिक चुनाव वा सामाजिक विज्ञापनमा कुनै फरक देख्दैन।

यसका साथ कम्पनीले फेसबुकले एक ब्लग पोष्टमा भन्यो कि यसले आउँदो दिनमा कम्पनीले यसको विज्ञापन प्रणाली परिवर्तनका लागि समीक्षा गर्नेछ।

यसअघि गुगलले पनि गत हप्ता राजनीतिक र चुनावी विज्ञापनबाट प्रतिबन्ध हटाएको छ। संयुक्त राज्य अमेरिकामा नोभेम्बर ३ को चुनावमा गलत सूचना र दुरुपयोग भएपछि कम्पनीले राजनीतिक र चुनावी विज्ञापनमा प्रतिबन्ध लगाएको थियो ।

अमेरिकाको जर्जियामा जनवरीमा भएको चुनावपछि फेसबुकले यसको विज्ञापन प्रतिबन्ध हटाएको थियो, तर पछि यसलाई फेरि लागू गरियो। त्यस्तै, गुगलले पनि डिसेम्बरमा प्रतिबन्ध हटाएको थियो, तर ६ जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले यूएस क्यापिटलमा घेराबन्दी गरेपछि यसलाई पुनः लागू गर्‍यो।

गुगलले लगाएको प्रतिबन्ध गत हप्ता पुरै हटाएको छ । डेमोक्र्याटिक र रिपब्लिकन डिजिटल अभियान अधिकारीहरुका अनुसार यी प्रतिबन्धहरु धेरै व्यापक थिए र गलत सूचना रोक्न पूर्णरुपमा असफल भएका थिए।

फेसबुकले आफ्नो ब्लग पोष्टमा भनेको छ कि फेसबुकको प्रणालीले राजनीतिक, चुनावी विज्ञापन र सामाजिक मुद्दाका विज्ञापनको बिच भिन्नता राख्दैन् । एजेन्सीका साथ

TK Viber

प्रकाशित: २२ फाल्गुन २०७७, शनिबार

Loading...