फिक्स्ड ब्रोडब्याण्डको शुल्क सस्तिँदै, आयको तुलनामा २ प्रतिशतमुनि झार्ने लक्ष्यमा नेपाल सफल

Technology Khabar २२ फाल्गुन २०७७, शनिबार

फिक्स्ड ब्रोडब्याण्डको शुल्क सस्तिँदै, आयको तुलनामा २ प्रतिशतमुनि झार्ने लक्ष्यमा नेपाल सफल
Classic Tech

नेपालले आफ्नो इन्टरनेटको शुल्कलाई प्रति व्यक्ति आयको तुलनामा २ प्रतिशतभन्दा तल राख्न सफल भएको छ । नेपालको मोबाइल डाटाको शुल्क प्रतिव्यक्ति आयको २ प्रतिशत भन्दा माथि नै भएपनि फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटमा भने लक्ष्यभन्दा तल कायम गर्न सफल भएको हो।

तर हालै सार्वजनिक नयाँ प्रतिवेदनले नेपालले फिक्स्ड अर्थात तारसहितको ब्रोडब्याण्ड इन्टरनेट कनेक्सनलाई खुद राष्ट्रिय आम्दानी प्रतिव्यक्ति आयको तुलनामा २ प्रतिशत तल झार्न सफल भएको हो।

अन्तराष्ट्रिय दूरसञ्चार संघले हालै सार्वजनिक गरेको ‘द अफड्याबिलिटी अफ आईसिटी सर्भिसेज २०२०’ (The affordability of I​CT services 2020) प्रतिवेदनअनुसार नेपालले सो लक्ष्य हासिल गरेको हो ।

नेपालले फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटतर्फ शुल्क घटाउँदै १.६ अमेरिकी डलर कायम गर्न सफल भएको हो ।

नेपालले लक्ष्य हासिल गर्दै प्रति महिना प्रतिव्यक्ति आयको तुलनामा १.९६ प्रतिशतमा आफ्नो फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको शुल्कलाई झारेको छ ।
यस्तो शुल्कको मूल्यांकनका लागि न्यूनतम १.५ जीबीपिएसको शुल्कलाई आधार मानिएको छ।

नेपालसहित सो लक्ष्य हासिल गर्नेमा मंगोलिया र इन्डोनेसिया रहेका छन् ।

त्यसैगरि मोबाइल ब्रोडब्याण्ड कनेक्सनमा डाटाको आधारमा हेर्दा यो वर्ष २ प्रतिशत लक्ष्य हासिल गर्नेमा मोल्दोभा, मोरोक्को, बोत्स्वाना, नाजेरिया, इराक, लिबिया, माल्दिभ्स नौरु र मगोलिया देश रहेका छन् ।

नेपालले फिक्स्ड ब्रोडब्याण्डको लक्ष्य हासिल गरेपनि मोबाइल डाटामा भने अझैपनि २ प्रतिशतभन्दा कमगर्ने लक्ष्यभन्दा माथि रहँदै २.५५ प्रतिशत रहेको छ । त्यस्तै मोबाइल डाटाको शुल्क भने २.१६ अमेरिकी डलरको हाराहारीमा रहेको छ।

प्रतिवेदनअनुसार विश्वभर ८५ प्रतिशत जनसंख्या फोरजी नेटवर्कको कभरेजमा रहेपनि अझैपनि विश्वका आधा भन्दा धेरै मानिसहरु फोरजी नेटवर्कभन्दा बाहिर रहेका छन् । यसो हुनुमा उनीहरुको आम्दानीको तुलनामा कनेक्टिभिटीको उच्च मूल्य हुनुलाई कारण मानिएको छ ।

तथ्यांकअनुसार विश्वभर मोबाइल र फिक्स्ड ब्रोडब्याण्डको मूल्य ०.२ प्रतिशतले घटेको छ भने अझैपनि ८४ देशहरुको मूल्य मोबाइल ब्रोडब्याण्डको शुल्कमा लक्ष्य गरिएको २ प्रतिशत भन्दा माथि रहेको छ ।

अझैपनि १११ देशहरुमा फिक्स्ड ब्रोडब्याण्डको शुल्क २ प्रतिशतको लक्ष्य भन्दा माथि रहेको देखिएको छ ।

मूल्य घटाउन र लक्ष्य हासिल गर्नमा विकासोन्मुख मुलुकहरुको महत्वपूर्ण योगदान रहेको प्रतिवेदनले औंल्याएको छ भने अतिकम विकसित मुलुकहरुमा सूचना प्रविधिका सेवाहरु अझैपनि महंगो रहेको उल्लेख छ ।

अतिकम विकसित मुलुकहरुमध्ये नेपालले मात्र २ प्रतिशतको लक्ष्य फिक्स्ड ब्रोडब्याण्ड शुल्कमा हासिल गरेको अवस्थामा ३३ मध्ये ३२ देशहरुको मूल्य अझैपनि महंगो रहेको औंल्याईएको छ ।

प्रतिवेदनले मोबाइल डाटा, मोबाइल डाटा एण्ड भ्वाइस लो यूजेज हाई यूजेज मोबाइल डाटा एण्ड भ्वाइस लो यूजेज फिक्स्ड ब्रोडब्याण्ड फिक्स्ड र मोबाइल सेलुलरको अध्ययन गरेर प्रकाशित गरेको हो ।

‘मोबाइल डाटाको शुल्क निरन्तर घट्दो क्रममा रहेको छ तर विकासोन्मुख मुलुकहरुमा हाम्रो अझै प्रयास जारी राख्नुपर्ने देखिन्छ,’ आईटियूका महासचिव हाउलिन झाओले भने ।

यसअघि संयुक्त राष्ट्रसंघको दिगो आर्थिक विकासका लागि ब्रोडब्याण्ड कमिसनले विकासोन्मुख मुलुकहरुका लागि प्रारम्भिक ब्रोडब्याण्डको शुल्कलाई २ प्रतिशत भन्दा कममा सन् २०२५ सम्ममा पुर्याउनुपर्ने लक्ष्य राखेको थियो ।

TK Viber

प्रकाशित: २२ फाल्गुन २०७७, शनिबार

Loading...