‘यस वर्षभित्रै फाइभजी प्रविधि परीक्षण गर्नुपर्छ’ -सञ्चारमन्त्री गुरुङ

Technology Khabar २० फाल्गुन २०७७, बिहीबार

‘यस वर्षभित्रै फाइभजी प्रविधि परीक्षण गर्नुपर्छ’ -सञ्चारमन्त्री गुरुङ

काठमाडौं ।

यो वर्ष नै फाइभजी सेवाको परीक्षण गर्न तयारी गर्नुपर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताएका छन् ।

उनले फोरजी प्रविधिका साथसाथै फाइभजी प्रविधिमा पनि जानुपर्ने बताएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको २३ औं वार्षिकोत्सवको अवसरमा नीति कार्ययोजनामा यस वर्ष नै फाइभजी परीक्षण गर्ने भनेर राखिएको स्मरण गर्दै यो वर्ष नै फाइभजीको परीक्षण गरिने उनले बताए ।

मन्त्री गुरुङ्गले विश्वभर ५जी प्रविधिको प्रयोग बढिरहेको भन्दै विश्व बजारमा प्रतिस्पर्धा गर्नपनि ५जीमा जानुको विकल्प नभएको बताए ।

‘फोरजी नै कतिपय स्थानमा अपरेसनमा नआएको बेला ५जी किन भन्ने प्रश्न होला। तर विश्व प्रतिस्पर्धामा सकेपनि नसकेपनि दौडनै पर्दछ,’ मन्त्री गुरुङले भने ।

त्यसैगरि प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पनि आगामी वर्षभित्र फाइभजी सेवा प्रयोग गर्नेगरि स्पेक्ट्रम सुनिश्चित गर्ने बताए । उनले आगामी वर्ष नै सेवा प्रदायकहरुलाई ५जी फ्रिक्वेन्सी उपलब्ध गराउने बताए ।

नेपाल टेलिकमले यसअघि नै ५जी सेवा परीक्षणको लागि आफूहरु तयार रहेको बताउँदै आएको छ । त्यसैगरि प्राधिकरणले पनि ५जी फ्रिक्वेन्सी खुला गर्नका लागि रेडियो फ्रिक्वेन्सी सेवा समितिमा सिफारिस गरिसकेको छ ।

Global Bank
easy care

प्रकाशित: २० फाल्गुन २०७७, बिहीबार

ताजा समाचार