ब्रोडब्याण्ड इन्टरनेटको परिभाषा बदलियो, न्यूनतम ब्याण्डविथ ५ एमबीपीएस

Technology Khabar २० फाल्गुन २०७७, बिहीबार

ब्रोडब्याण्ड इन्टरनेटको परिभाषा बदलियो, न्यूनतम ब्याण्डविथ ५ एमबीपीएस
Classic Tech

नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेटको ब्याण्डविथ ५ एमबीपीएस पुर्याउने भएको छ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणको २३औं वार्षिकोत्सवमा बोल्दै ब्रोडब्याण्ड नीति, २०७१ बमोजिम ५१२ केबीपीएस ब्याण्डविथले हालको सन्दर्भमा नपुग भएकोले त्यसलाई बढाएर ५ एमबीपीएस पुर्याइने बताएका हुन्।

उनले इन्टरनेटको गति अपुग भएको जनगुनासो आएकाले ५१२ केबीपीएसबाट बढाएर कम्तीमा ५ एमबीपीएस ब्याण्डविथ पुर्याउनेगरी नेटवर्क विस्तार गर्ने काम भइरहेको बताए।

यसका लागि दूरसञ्चार नीति, ब्रोडब्याण्ड नीति र सूचना तथा सञ्चार प्रविधि नीति समय सापेक्ष परिमार्जन गरी एकीकृत नीति निर्माण गर्न एकीकृत नीतिको मस्यौदा तयार गरी नेपाल सरकार समक्ष सिफारिस गर्ने प्रक्रियाको थालनी भएको खनालले बताए |

TK Viber

प्रकाशित: २० फाल्गुन २०७७, बिहीबार

Loading...