हवाईजहाजभित्रै अब इन्टरनेट सेवा चलाउन पाईने, १० हजार फिट माथिका लागि खुला गरिने

Technology Khabar २० फाल्गुन २०७७, बिहीबार

हवाईजहाजभित्रै अब इन्टरनेट सेवा चलाउन पाईने, १० हजार फिट माथिका लागि खुला गरिने
Classic Tech

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाली हवाई उडानमा पनि इन्टरनेट तथा मोबाइल सेवा उपयोग गर्न सकिने गरि खुला गर्ने भएको छ ।

प्राधिकरणले १० हजार फिट माथिको आकाशमा विदेशी एयरलाइन्सहरुले दूरसञ्चार सेवा प्रयोग गर्न सकिने गरि खुला गर्ने तयारी गरेको हो ।

प्राधिकरणको २३ औं वार्षिकोत्सवमा बोल्दै अध्यक्ष पुरुषोत्तम खनालले हवाई उडानमा दूरसञ्चार सेवा प्रयोग गर्न सकिने गरि खुला गराउने तयारी भईरहेको जानकारी दिए ।

यस्तो सेवामार्फत एयरप्लेनहरुमा यात्रुहरुले सिधै मोबाइल वा वाईफाई मार्फत इन्टरनेट लगायतका सेवा प्रयोगन गर्न सक्नेछन् ।

TK Viber

प्रकाशित: २० फाल्गुन २०७७, बिहीबार

Loading...