जेठदेखि अवैध मोबाइल बन्द गर्ने एनटीए अध्यक्ष पुरूषोत्तम खनालको भनाइ

Technology Khabar २० फाल्गुन २०७७, बिहीबार

जेठदेखि अवैध मोबाइल बन्द गर्ने एनटीए अध्यक्ष पुरूषोत्तम खनालको भनाइ

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले आउँदो २०७८ साल जेठ महिनादेखि नेपालमा अवैध मोबाइल बन्द गर्ने बताएका छन्।

आज प्राधिकरणको २३औं वार्षिकोत्सवका अवसरमा काठमाडाैंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष खनालले यस्तो बताएका हुन्। उनका अनुसार यसका लागि प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम–एमडीएमएस जडानको प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ।

यो पनि पढ्नुहोस्-

२ करोड ८१ लाख खर्चेर एमडीएमएस राख्ने अस्थाई घर बनाउँदै दूरसञ्चार प्राधिकरण

प्राधिकरणले अवैध रूपमा भित्रिएका मोबाइल बन्द गराउन विगत साढे चार वर्षदेखि इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर दर्ता गराउने काम गर्दै आएको छ ।

आईएमईआई दर्तालाई प्राथामिकता दिएको प्राधिकरणले अब दर्ता नभएको मोबाइल बन्द गर्ने कार्य केही महिनामै सुरु गर्ने भएको खनालको भनाइ छ ।

easy care

प्रकाशित: २० फाल्गुन २०७७, बिहीबार