विज्ञापन बोर्डको अध्यक्ष पदको लागि आवेदन माग, यस्तो छ न्यूनतम योग्यता

Technology Khabar २० फाल्गुन २०७७, बिहीबार

विज्ञापन बोर्डको अध्यक्ष पदको लागि आवेदन माग, यस्तो छ न्यूनतम योग्यता
Classic Tech

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ ।

विज्ञापन बोर्डको अध्यक्ष सिफारिस समितिको सचिवालयले आज सार्वजनिक सूचना जारी गर्दै विज्ञापन बोर्डको अध्यक्ष पदमा इच्छुकलाई आवेदन माग गरेको हो ।

हालसालै गठन भएकोसो बोर्डले देशभर विज्ञापनसहित क्लिनफिडको अनुगमन गर्ने लगायतका कार्यहरु हेर्ने गर्दछ ।

बोर्डको अध्यक्ष पदमा आवेदन दिनका लागि आमसंचार, विज्ञापन, कानून वा व्यवस्थापन विषयमा न्यूनतम स्नातक उपाधि पाएको र कम्तिमा १० वर्षको अनुभव भएको हुनुपर्नेछ ।

न्यूनतम योग्यता पुरा भएका इच्छुक आवेदकहरुले आफ्नो ५ हजार शब्दको व्यावसायीक योजनाका साथमा मन्त्रालयमा रहेको सचिवालयमा १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

TK Viber

प्रकाशित: २० फाल्गुन २०७७, बिहीबार

Loading...