हेर्नुस् नासाको पर्सिभेरन्स रोभरले पठाएको मङ्गल ग्रहको रोमान्चक तस्विरहरु

Technology Khabar २० फाल्गुन २०७७, बिहीबार

काठमाडौं ।

मङ्गल ग्रहको अन्वेषणमा रहेको अमेरिकी अन्तरिक्ष यान पर्सिभेरन्स रोभरले अनौठा र रोमान्चक तस्विरहरु पठाएको छ ।

अन्तरिक्ष विज्ञान सम्बन्धमा अध्ययन गर्दै आएको ‘नेशनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा)’ को पर्सिभेरन्स रोभरले यसअघि मङ्गलमा अवतरण गरे लगत्तै समेत तस्विरहरु पठाएको थियो ।

नासाको पर्सिभेरन्स रोभर गत फेब्रुअरी १८ तारिखमा मंगल ग्रहको सतहमा सफलतापूर्बक अवतरण गरेको थियो । अवतरण गरेपछि पर्सिभेरन्स रोभरले आफू अवतरण गरेको स्थल वरिपरिको केही अनौठो तस्विरहरु पठाएको हो ।

पर्सिभरेन्स रोभरले मङ्गल ग्रहको अप्ठेरो स्थान जेजेरो क्रेटरमा अवतरण गरेको थियो। जसलाई निकै कठिन स्थान मानिन्छ ।

पर्सिभेरन्सले पठाएको तस्विरबाट बिगतमा अत्यन्तै सूक्ष्म जिव सम्भव भएको देखिन्छ । तस्विरमा ग्रहको भूगर्भ समेत देखिन्छ ।

प्रकाशित: २० फाल्गुन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया