यी हुन् साइबर सेक्युरिटी र क्लाउड अडिट गर्न दूरसञ्चार प्राधिकरणले छानेका फर्महरु

Technology Khabar २० फाल्गुन २०७७, बिहीबार

यी हुन् साइबर सेक्युरिटी र क्लाउड अडिट गर्न दूरसञ्चार प्राधिकरणले छानेका फर्महरु
Classic Tech

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी अडिट र क्लाउड अडिटका लागि अडिटर फर्महरुको सूची सार्वजनिक गरेको छ।

प्राधिकरणले सार्वजनिक गरेको सूचीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै कम्पनीहरु परेका छन् । सूचीमा आईएस अडिटर र क्लाउड अडिटर ७-७ वटा फर्महरु रहेका छन्।

प्राधिकरणले फागुन १९ गते बुधबार सूचना प्रणाली परीक्षकहरु र क्लाउड परीक्षकहरुको छुट्टाछुट्टै नामावली छनौट गरेर सार्वजनिक गरेको हो ।

दुबैमा ७/७ वटा कम्पनीहरु छनौट भएका छन् ।

प्राधिकरणका निर्देशक बिजयकुमार रोयले सो सूचीमा भएका संस्थाहरुमध्ये सेवा प्रदायकहरुले छानेर कुनै एकमार्फत अडिट गराउन सक्नेछन् ।

‘हामीले अडिटरको सूची छानिदिएका मात्र हौं कम्पनीहरुले कुनै एकसँग सम्झौता गरेर आफ्नो आईएस अडिट र क्लाउड अडिट गराउन सक्नुहुनेछ,’ निर्देशक रोयले भने ।

यी संस्थाहरुले साइबर सूरक्षा विनियमावली २०७७ को आधारमा प्राधिकरणबाट अनुमति पाएका नेपालका दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको अडिट गर्नेछन् ।

यस्तो छ सार्वजनिक सूची-

आईएस अडिटरतर्फ

१. एप्टिसा इन्डिया लिमिटेड, साल्ट लेक सिटी, कोलकाता -700091 वेस्ट बंगाल, इन्डिया (Eptisa India Limited, Salt Lake City, Kolkata – 700091 West Bengal, India)

२. एस३ टेल इंक. दुबई, युनाइटेड अरब इमिरेट्स, यूएई (S3 Tel Inc. Dubai, United Arab Emirates, UAE)

३. बीडीओ इन्डिया एलएलपी, मुम्बई-४०००९९, इन्डिया (BDO INDIA LLP, Mumbai-400099, India)

४. एमिनेन्स वेज प्रा.लि. सेतोपूल, काठमाडाैं, नेपाल (Eminence Ways Pvt. Ltd., Setopool, Kathmandu, Nepal)

५. बिज सर्भ आईटी प्रा.लि., डिल्लीबजार, काठमाडाैं, नेपाल (Biz Serve IT Pvt. Ltd., Dillibazar, Kathmandu, Nepal)

६. प्राइसवाटरहाउस कूपर्स प्रा.लि., बिल्डिङ ८, टावर बी, आठाैं तल्ला, डीएलएफ साइबर सिटी, गुरगावँ, हरियाणा, इन्डिया – १२२००२, इन्डिया (Pricewaterhouse Coopers Private Limited, Building 8, Tower B, 8th floor, DLF Cyber City, Gurgaon, Haryana, India-122002, India)

७. बीके अग्रवाल एन्ड को. (क्रोवे नेपाल) काठमाडाैं साथमा एभरेष्ट टेलिकम एन्ड आईटी सोलुसन्स प्रा. लि., तथा आनन्द जांगिद एन्ड एसाेसियट्स, बेंग्लोर, इन्डिया (BK Agrawal & Co. (Crowe Nepal) Kathmandu in Association with Everest Telecom and IT Solutions Pvt. Ltd., and Aanand Jangid and Associates, Banglore, India)

साइबर सेक्युरिटी अडिटरको रोस्टर तयार पार्दै दूरसञ्चार प्राधिकरण

क्लाउड अडिटरतर्फ

१. एप्टिसा इन्डिया लिमिटेड, साल्ट लेक सिटी, कोलकाता -700091 वेस्ट बंगाल, इन्डिया (Eptisa India Limited, Salt Lake City, Kolkata – 700091 West Bengal, India)

२. एस३ टेल इंक. दुबई, युनाइटेड अरब इमिरेट्स, यूएई (S3 Tel Inc. Dubai, United Arab Emirates, UAE)

३. बीडीओ इन्डिया एलएलपी, मुम्बई-४०००९९, इन्डिया (BDO INDIA LLP, Mumbai-400099, India)

४. एमिनेन्स वेज प्रा.लि. सेतोपूल, काठमाडाैं, नेपाल (Eminence Ways Pvt. Ltd., Setopool, Kathmandu, Nepal)

५. बिज सर्भ आईटी प्रा.लि., डिल्लीबजार, काठमाडाैं, नेपाल (Biz Serve IT Pvt. Ltd., Dillibazar, Kathmandu, Nepal)

६. प्राइसवाटरहाउसकूपर्स प्रा.लि., बिल्डिङ ८, टावर बी, आठाैं तल्ला, डीएलएफ साइबर सिटी, गुरगावँ, हरियाणा, इन्डिया – १२२००२, इन्डिया (PricewaterhouseCoopers Private Limited, Building 8, Tower B, 8th floor, DLF Cyber City, Gurgaon, Haryana, India-122002, India)

७. बीके अग्रवाल एन्ड को. क्रोवे नेपाल काठमाडाैं साथमा एभरेष्ट टेलिकम एन्ड आईटी सोलुसन्स प्रा. लि., तथा आनन्द जांगिद एन्ड एसाेसियट्स, बेंग्लोर, इन्डिया (BK Agrawal & Co. (Crowe Nepal) Kathmandu in Association with Everest Telecom and IT Solutions Pvt. Ltd., and Aanand Jangid and Associates, Banglore, India)

हेर्नुस् प्राधिकरणको सूची:

Public-Notice-for-NTA-Designated-IS-Auditors-and-Cloud-Auditors
TK Viber

प्रकाशित: २० फाल्गुन २०७७, बिहीबार

Loading...