दूरसञ्चार प्राधिकरणले ब्याण्डविथ स्वीकृति गर्न ‘झुलाउने’ गरेको आइस्पानको आरोप

Technology Khabar १९ फाल्गुन २०७७, बुधबार

दूरसञ्चार प्राधिकरणले ब्याण्डविथ स्वीकृति गर्न ‘झुलाउने’ गरेको आइस्पानको आरोप

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायकहरुले आफूहरुले प्रयोग गरिरहेको ब्याण्डविथको लागि नेपाल दूरसञ्चार प्राधिकरणले सहजीकरण नगरी झुलाउने गरेको आरोप लगाएका छन् ।

उनीहरुले ब्याण्डविथ स्वीकृति लिने कार्य जटिल हुँदै गएको र त्यसले थप समस्यामा परेको भन्दै गुनासो समेत गरेका छन् ।

इन्टरनेट सेवाप्रदायक कम्पनीहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले हालै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षलाई पत्र पठाउँदै आफूहरुको कागतपत्र र प्रकृया पूरा गर्दा पनि प्राधिकरणले झुलाउने गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

उनीहरुले पत्रमा ब्याण्डविथ अप्रुभल (स्वीकृति)लाई सहजीकरण गरिदिन अनुरोध गर्दै आफूहरुको प्रक्रियामाम लामो समय लागिरहने अवस्थाको कारण समस्या भोगिरहेको गुनासो गरेका छन् ।

उनीहरुले भनेका छन्- ‘हामी निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले पारदर्शीरुपले आफ्ना सम्झौता तथा कागजातहरु नेपाल दूरसञ्चार प्राधिकरणलाई पेश गराउँदा गराउँदै पनि ब्याण्डविथ अप्रुभल प्रक्रियामा लामो समय लागिरहने अवस्थाको कारणले गर्दा हामी निजी क्षेत्रका सेवा प्रदायकहरुले विभिन्न समस्याहरु भोग्दै आएका छौं ।’

आइस्पानले सो विषयमा सहजीकरणलगायतका कार्य गरिदिन भन्दै त्यसको लागि आफूहरु थप छलफल गर्न समेत तत्पर रहेको जनाएको छ।

easy care

प्रकाशित: १९ फाल्गुन २०७७, बुधबार

ताजा समाचार