फोल्डेबल आईफोनको विकास गर्दै एप्पल, सामसङ ग्यालेक्सी फोल्डको जस्तो डिजाइनमा ल्याउने

Technology Khabar १९ फाल्गुन २०७७, बुधबार

फोल्डेबल आईफोनको विकास गर्दै एप्पल, सामसङ ग्यालेक्सी फोल्डको जस्तो डिजाइनमा ल्याउने
Classic Tech

स्मार्टफोनका क्षेत्रमा केही न केही हल्ला वा चर्चा/परिचर्चा भइरहन्छन्। यसै क्रममा एप्पल पनि फोल्डेबल फोनको दुनियाँमा प्रवेश गर्ने चर्चा स्मार्टफोन वृत्तमा चलिरहेको छ। चर्चा अनुसार एप्पलले ७.५ वा ८ इन्चको फोल्डेबल फोन सन् २०२३ मा सार्वजनिक गर्दैछ।

म्याक रुमर डट कममा टीएफ सेक्युरिटजका विश्लेषक मिङ चि कुओले बताए अनुसार यसबारेमा कम्पनीले भने कुनै आधिकारिक जानकारी दिएको छैन।

कुओ आफ्ना सूचकहरुमार्फत् एप्पलसँग सम्बन्धित आधिकारिक जानकारी संकलन गरेर त्यसका योजनाबरे विश्लेषण गर्ने व्यक्ति हुन्।

विश्लेषक कुओले आफ्ना स्रोतबाट प्राप्त गरेको जानकारी अनुसार भने उक्त फोनको स्क्रीन फोल्ड नगरेको बेला आईप्याड मिनिकै साइजको हुनेछ।

यसरी हेर्दा भने एप्पलले सामसङको ग्यालेक्सी फोल्डजस्तै फोल्ड गर्दा सामान्य स्मार्टफोनजस्तो र अनफोल्ड गर्दा सामान्य ट्याब्लेटको साइजमा आउने खालको फोल्डिङ डिजाइन आत्मसात गरेको देखिन्छ।

अहिले फोल्डिङ फ्याब्लेट फोल्डिङ फोनभन्दा बढी लोकप्रिय हुँदै गएको छ। आफ्नो फोल्डिङ फ्याब्लेटका लागि एप्पलले एलजी र सामसङसँग काम गरिरहेको बुझिएको छ।

बजारमा हालसम्म उपलब्ध प्राय सबै फोल्डिङ फोनमा केही न केही समस्या देखिएकै छन्। यस्तो बेला एप्पलले समस्यारहित फोल्डिङ फोन सार्वजनिक गर्न सके होडमा अगाडि जान कसैले रोक्न सक्दैन।

त्यसका लागि उसले अरु कम्पनीहरुले केही समयअघि प्रयोग गरेर त्यसमा आएका समस्यासमेत सुल्झाइसकेका प्रविधिलाई लिएर सुरुमै भरपर्दो उत्पादन सार्वजनिक गर्नुपर्ने हुन्छ।

TK Viber

प्रकाशित: १९ फाल्गुन २०७७, बुधबार

Loading...