राष्ट्र बैंकको ‘क्यूआर कोड स्ट्याण्डर्डाइजेसन फ्रेमवर्क र गाइडलाइन’ पारित

Technology Khabar १८ फाल्गुन २०७७, मंगलवार

राष्ट्र बैंकको ‘क्यूआर कोड स्ट्याण्डर्डाइजेसन फ्रेमवर्क र गाइडलाइन’ पारित
Global IME Bank

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले क्यूआर कोडमा आधारित भुक्तानी प्रणालीलाई नियमन गर्न बनाएको क्विक रेस्पोन्स (क्यूआर) कोड स्ट्याण्डर्डाइजेसन फ्रेमवर्क र गाइडलाइन’ पारित गरेको छ।

राष्ट्र बैंकले क्यूआर कोड भुक्तानीलाई थप प्रभावकारी बनाई प्रवर्द्धन तथा नियमन गर्नको लागि क्यूआर कोडको फ्रेमवर्क तथा गाइडलाइन तयार गरेको हो ।

गाइडलाइनअनुसार अनुमति पाएका पेमेन्ट सर्भिस अपरेटरले मात्र क्यूआर स्किम तथा नेटवर्क सञ्चालन गर्न सक्नेछन् । त्यस्तो नेटवर्कमा कारोबार र भुक्तानी कार्य सदस्यहरुबीच हुनसक्ने छ ।

क्यूआर प्रयोग गर्ने र भुक्तानी गर्ने स‌ंस्था अर्थात मर्चेन्टको नियुक्ति र जारी गर्नका लागि भने अनुमति पाएका वित्तीय संस्थाहरु तथा पेमेन्ट सर्भिस प्रोभाइडरहरु अर्थात वालेट कम्पनीहरुले मात्र गर्न सक्नेछन् ।

त्यसैगरी क्यूआर भुक्तानीमा ग्राहकहरुसँग कुनै शुल्क लिन नपाइने प्रावधान कडाईका साथ पालना गर्नुपर्ने छ ।

सो क्यूआर भुक्तानी तथा कारोबारका लागि नेटवर्कमा सहभागी हुन पाइने प्रावधान, क्यूआर एपको सुरक्षा तथा सेक्युरिटी अडिट, ग्राहकहरुको गुनासो सुन्नसक्ने व्यवस्था, नेटवर्कमा भएका स‌ंस्थाहरुबीचको सेटलमेन्ट लगायतका विषयहरु राखिएको छ ।

त्यसैगरी अहिलेका अनुमति प्राप्त वालेटहरुले क्यूआरमा आधारित भुक्तानीलाई नेपालक्यूआर मापदण्डअनुसार तत्काल सबै नेटवर्कमा प्रयोग गर्न सकिने अन्तरसञ्जाल सञ्चालन हुने किसिमको बनाउनु पर्नेछ ।

यसका साथमा राष्ट्र बैंकले ‘नेपालक्यूआर’को विशेषताहरु र त्यसलाई पूरा गर्न पालना गर्नुपर्ने आधारहरु समेत सार्वजनिक गरेको छ ।

यस्तो छ पारित भएको ‘क्यूआर कोड स्ट्याण्डर्डाइजेसन फ्रेमवर्क र गाइडलाइन’ को पूर्ण पाठ:

NepalQR-Standardization-Framework-and-Guidelines
Sajilo Visa

प्रकाशित: १८ फाल्गुन २०७७, मंगलवार

तपाइको प्रतिक्रिया