स्मार्टफोनको विश्वव्यापी शिपमेन्ट २०२१ को पहिलो तीन महिनामा ५० प्रतिशतले बढ्ने

Technology Khabar १८ फाल्गुन २०७७, मंगलवार

स्मार्टफोनको विश्वव्यापी शिपमेन्ट २०२१ को पहिलो तीन महिनामा ५० प्रतिशतले बढ्ने
Classic Tech

स्मार्टफोनको विश्वव्यापी शिपमेन्ट लगभग ५० प्रतिशतले वृद्धि भएर सन् यस वर्षको पहिलो त्रैमासिकमा लगभग १५ करोड सेट पुग्ने प्रक्षेपण गरिएको छ।

डिजिटाइम्स रिसर्च नामक संस्थाले गरेको अध्ययनमा यो वृद्धिमा मुख्यगरी एप्पल कम्पनीको आईफोन १२ प्रो तथा आईफोन १२ प्रो म्याक्सका साथै ह्वावेलगायतका  विभिन्न चिनियाँ मोबाइल कम्पनीहरुको योगदान रहने छ।

अघिल्ला वर्षहरुका कुनै त्रैमासमा आईफोनको शिपमेन्ट ९ करोड थानसम्मको रेकर्ड भएकाले यस वर्षको पहिलो त्रैमासिकसम्म आईफोनका ६ करोड थान शिपमेन्ट हुने  डिजिटाइम्सको आकलन रहेको छ।

अघिल्लो वर्षको अन्तिम र यो वर्षको त्रैमासिक सहितको ६ महिनाको अवधिमा लगभग १५ करोड थान शिपमेन्ट गरेर एप्पल नै विश्वभरी मोबाइल सेट शिपमेन्ट गर्ने शीर्ष कम्पनी रहने डिजिटाइम्सको प्रक्षेपण छ।

यो अध्ययनमा सन २०२० को अक्टोबर देखि २०२१ को मार्च मसान्तसम्म विश्वभरका विभिन्न कम्पनीका मोबाइल शिपमेन्टको आँकडालाई दाँजिएको थियो। अध्ययनका अनुसार एप्पलको यो शिपमेन्ट सङ्ख्या गएको वर्ष यति नै अवधिमा भएको जम्मा शिपमेन्टको ३८ प्रतिशतले बढी हो।

सामसङ

यो सूचीमा सामसङ कम्पनी दोस्रो नम्बरमा रहेको छ। सामसङको बिक्री पछिल्लो ६ महिनामा प्रति महिना ६ देखि साढे ६ करोड थान घटेर विश्वव्यापी शिपमेन्टमा केही गिरावट आएको हो।

शाओमी

यसै अध्ययनले देखाए अनुसार एप्पल र सामसङपछि चिनियाँ स्मार्टफोन कम्पनी शाओमी तेस्रो नम्बरमा आएको छ। उसले पछिल्लो ६ महिनामा ९ करोड थान शिपमेन्ट गरेको छ। यो तथ्याङ्क शाओमीको अघिल्लो वर्षको बिक्रीको ८० प्रतिशतले बढोत्तरी हो।

ह्वावे

लगभग २ करोड थान मोबाइल शिपमेन्ट गर्दै यही अवधिमा चिनियाँ कम्पनी ह्वावे सूचीको छैठें नम्बरमा रहने आकलन गरिएको छ।

५जी सपोर्ट गर्ने फोनको विश्वव्यापी शिपमेन्ट २०२१ भरमा ६० अर्ब नाघ्ने र यो तथ्याङ्क सन २०२० मा शिपमेन्ट भएको २८ अर्ब थानका तुलनामा दोब्बरभन्दा बढी हुन आउने डिजिटाइम्सको अध्ययनले देखाएको छ।

२०२०२ मा ह्वावे, एप्पल र सामसङ शीर्ष कम्पनी

अघिल्लो वर्ष अर्थात् सन २०२० मा विश्वव्यापी रुपमा फाइभजी फोन शिपमेन्ट गर्ने मुख्य कम्पनीहरुमा ह्वावे, एप्पल र सामसङ रहेका थिए। सन् २०२० मा विश्वभरी पठाइएको फाइभजी फोनको ७० प्रतिशत हिस्सा यिनै तीन कम्पनीले ओगटेका थिए।

अध्ययनले सन् २०२० भन्दा यो वर्ष विश्वव्यापी रुपमा हुने स्मार्टफोनको शिपमेन्ट १० देखि १३ प्रतिशतले वृद्धि भएर १४ अर्ब थान नाघ्ने पनि अध्ययनको प्रक्षेपण छ।

TK Viber

प्रकाशित: १८ फाल्गुन २०७७, मंगलवार

Loading...