जर्मन कम्पनी कार्बनले ल्यायो कार्बन फाइबर मोनोकक प्रविधियुक्त विश्वकै पहिलो फोन

Technology Khabar १८ फाल्गुन २०७७, मंगलवार

जर्मन कम्पनी कार्बनले ल्यायो कार्बन फाइबर मोनोकक प्रविधियुक्त विश्वकै पहिलो फोन

काठमाडौं ।

जर्मन मोबाइल ब्रान्ड कार्बनले कार्बन फाइबर मोनोकक प्रविधि प्रयोग भएको विश्वकै पहिलो स्मार्टफोन १एमके २ सार्वजनिक गरेको छ।

यो प्रविधिमा मोबाइलका लागि चाहिने सबै साना साना उपकरणहरु कार्बन फाइबरको भित्री पातोमा टाँसिएको हुन्छ भने बीच भागमा खाली हुने भएकाले मोबाइल हलुका हुन्छ।

कार्बन फाइबरलाई हालसम्म रेडियो वेब रोक्नका लागि मोबाइल फोनहरुमा प्रयोग गरिन्थ्यो भने कार्बन कम्पनीले भने यसैमा आधारित भएर जम्मा १२५ ग्राम ताैलको फोन उत्पादन गरेको हो। यो औसत फोनको तुलनामा ४० प्रतिशत कम ताैल हो।

यो फोनमा रहेको सबैभन्दा विशेष तथ्य भनेको यसमा प्रयोग भएको हाइब्रिड रेडियो एनेबल कम्पोजित मेटेरियल प्रविधि हो। यो प्रविधमा कम्पनी पछिल्लो ४ वर्षदेखि अध्ययन अनुसन्धानमा रहेको थियो।

यसबाहेक यसका फिचरहरु यस्ता छन्:

र्याम

यो फोनमा ६.०१ इन्चको एमोलेड डिस्प्ले दिइएको छ भने प्रोटेक्शनका लागि कर्निङ गोरिल्ला ग्लासको प्रयोग गरिएको छ। यसको मोटाइ ०.४ एमएम मात्रै छ जसका कारण यो अत्यन्तै पातलो देखिन्छ।

फोनमा प्रयोग भएको प्रोसेसर भने मिडियाटेकको हेलियो पी९० हो भने ८ जीबी र्याम र २५६ जीबी स्टोरेज दिइएको छ।

अपरेटिङ सिस्टम

यसमा एण्ड्रोइड १० अपरेटिङ सिस्टम दिइएको छ भने यसको अपडेटका रुपमा केही महिनाभित्र एण्ड्रोइड ११ उपलब्ध हुने जनाइएको छ।

क्यामरा

यसमा पछाडिपट्टी दुई वटा क्यामेरा सेट अफ छ जसमा एफ२ अपर्चरका साथ १६ मेगापिक्सेलको सेन्सर उपलब्ध छ। यसैगरी सेल्फीका लागि अगाडिपट्टी २० मेगापिक्सेलको क्यामरा राखिएको छ।

ब्याट्री

यसमा जम्मा ३००० एमएएच क्षमताको ब्याट्री दिइएको छ भने फिङ्गरप्रिन्ट सेन्सर साइड बारमा राखिएको छ।

मूल्य

पातलो र हल्का हुनुका साथै यसको मूल्य भने अपत्यारिलो रुपमा नै बढी छ। हाल जर्मनीमा मात्र रउपलब्ध यो फोनको मूल्य ८०० यूरो तोकिएको छ।

यति महंगो भए पनि यसमा ५जी सपोर्ट भने छैन। तर यसमा एपीटीएक्स सपोर्ट यूएसबी सी ३.१ पोर्ट तथा एनएफसी जस्ता फिचर भने रहेका छन्।

यो मोबाइलबाट पार्टपुर्जा झिकेर फेरि कच्चा पदार्थका रुपका प्रयोग गर्न सकिन्छ।

Global Bank
easy care

प्रकाशित: १८ फाल्गुन २०७७, मंगलवार

ताजा समाचार