नोकिया १.४ नेपाली बजारमा उपलब्ध

Technology Khabar १७ फाल्गुन २०७७, सोमबार

नोकिया १.४ नेपाली बजारमा उपलब्ध

काठमाडौं ।

एचएमडी ग्लोबलले आज नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक गरेको छ।
६.५१ स्क्रिन भएको यो फोन नोकिया १ सिरिजकै सबैभन्दा ठूलो भएको कम्पनीको दावी छ ।  क्वालकमको स्न्यापड्र्यागन २१५ चिपसेट र फिंगरप्रिन्ट सेन्सर रहेको यो फोन एन्ड्रोइड १० गो एडिशन अपरेटिङ सिस्टममा चल्दछ।

यो फोन नेपाली बजारमा २ जीबी र्याम र ३२ जीबी रोम भर्जनमा उपलब्ध छ भने यसको मूल्य १२,८९९ रुपैयाँ तोकिएको छ।

नेपालमा यो फोन ग्रे र पर्पल डस्क कलर भेरियन्टमा उपलब्ध हुनेछ कम्पनीले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: १७ फाल्गुन २०७७, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार