फेसबुक न्यूज अब जर्मनीमा उपलब्ध, स्थानीय समाचारको लागि जर्मन मिडियासँग साझेदारी

Technology Khabar १७ फाल्गुन २०७७, सोमबार

फेसबुक न्यूज अब जर्मनीमा उपलब्ध, स्थानीय समाचारको लागि जर्मन मिडियासँग साझेदारी
Classic Tech

अस्ट्रेलियामा समाचार सामग्रीको भुक्तानी गर्न सहमत भएसँगै अमेरिकी सामाजिक नेटवर्क कम्पनी फेसबुकले स्थानीय समाचार उत्पादनको लागि सामग्री प्रदान गर्न जर्मन मिडियाहरुसँग साझेदार गरेको सोमबार बताएको छ।

‘पत्रकारिता सामग्रीको लागि समर्पित स्थल’ को रूपमा वर्णन गरिएको, फेसबुक न्यूजले जर्मनीका चर्चित समाचार साप्ताहिक डाय चाइट र डर स्पीगल, तथा फ्रान्कफर्टर अल्जेमाइन चाइटुङ्ग, हान्डेलस्ब्लाट र टेगेस्पीगेललगायतका समाचारपत्रहरूबाट रिपोर्टिङ्ग प्रस्तुत गर्ने रोयटर्सले जानकारी दिएको छ।

‘हाम्रो प्रयोगकर्ता आधारको एक हिस्सा अधिक समाचारहरु पढ्न चाहन्छन्,’ युरोपमा समाचार पार्टरसिसको फेसबुक निर्देशक जेस्पर डबले पत्रकारहरुलाई भने।

फेसबुक न्यूज संयुक्त राज्य अमेरिका र बेलायतमा शुरू भएको छ, र फ्रान्समा चाँडै उपलब्ध हुने डबले जानकारी दिए ।

तर उनले फेसबुक न्यूजको जर्मन प्रक्षेपणलाई सपोर्ट गर्ने साझेदारीका लागि वित्तीय सर्तहरूलाई भने खुलासा गरेनन्, जसमा धेरै क्षेत्रीय समाचारपत्र साझेदारहरूको साथसाथै फेसन, मोटर र खेल प्रकाशकहरू पनि समावेश हुनेछन्।

यसअघि फेसबुकले आगामी तीन बर्षमा समाचारका लागि १ अर्ब डलर लगानी गर्ने बताएको छ। अस्ट्रेलियामा समाचार सामग्री प्रकाशित गर्न परम्परागत मिडिया कम्पनीहरूलाई भुक्तान गर्नु पर्ने कानूनलाई लिएर एक हप्ता लामो अवरोध खडा गरेपछि सहमति भएको थियो ।

TK Viber

प्रकाशित: १७ फाल्गुन २०७७, सोमबार

Loading...