अम्बे स्टील्स्द्वारा डिलर सम्मेलन २०७७ सम्पन्न

Technology Khabar १७ फाल्गुन २०७७, सोमबार

अम्बे स्टील्स्द्वारा डिलर सम्मेलन २०७७ सम्पन्न

काठमाडौं ।

छड उत्पादक कम्पनी अम्बे स्टील्स्ले फाल्गुन १४ गते शुक्रबारका दिन नुवाकोटमा डिलरहरुसँग डिलर सम्मेलन २०७७ सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा अम्बे स्टील्स्का ब्राण्ड एम्बेस्डर हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठलगायत नुवाकोट जिल्लाका विभिन्न व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो ।

सम्मेलनको मुख्य उद्देश्य वर्षैंदेखि अम्बे स्टील्स्ले ग्राहकहरुलाई प्रदान गर्दै आएको बिक्री तथा सेवाहरुको सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने रहेको थियो ।

अम्बे स्टील्स्ले आफ्नो भैरहवा र नेपालगञ्ज मा अवस्थित दुईवटा फ्याक्ट्रीबाट नेपालकै सबैभन्दा बढी दैनिक १४०० टन छड उत्पादन गरी नेपाली बजारमा पु¥याउदै आएको छ ।

कम्पनीबाट उत्पादित टि. एम. टि छड अन्तर्राष्ट्रिय गुणस्तरको उच्च डक्टालिटी भएको हुनाले नेपाली बजारमा सबैभन्दा बढि रुचाइएको छड भएको कम्पनीको दाबी छ । हाल यसले एफई५००डी छड पनि उत्पादन गरी उपभोक्ता माझ पुर्याउँदै आएको छ ।

कार्यक्रममा कम्पनीलाई नयाँ उचाईमा पुर्याउन डिलरहरुको मिहेनत र योगदानलाई सम्मान गर्दै कम्पनीका आगामी रणनीति र भाबी योजनाबारे छलफल गरिएको जनाएको छ।

easy care

प्रकाशित: १७ फाल्गुन २०७७, सोमबार