सस्तो फोनमा सामसङको जोड, ए र एम सिरिज ल्याउँदै

Technology Khabar १७ फाल्गुन २०७७, सोमबार

सस्तो फोनमा सामसङको जोड, ए र एम सिरिज ल्याउँदै
Classic Tech

कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङ पछिल्लो समय सस्तो फोनमा केन्द्रित हुँदै गएको छ। कम्पनीले भर्खरै भारतमा ग्यालेक्सी एफ६२ ल्याएको छ। यो पछि लगत्तै तीन नयाँ मोडलहरु ए७२ ए५२ र ए३२ बजारमा ल्याउने कम्पनीको तयारी छ।

ग्यालेक्सीको एफ६२ र ए सिरिज बाहेक सामसङले अर्को एउटा मोडल ग्यालेक्सी इ०२ पनि लञ्च गर्ने तयारीमा लागेको छ। सामसङको एउटा सपोर्ट पेज सामसङ इन्डियाको वेबसाइटमा लाइभ गरिएको छ।

डिटेल यस्तो हुनेछ

सपोर्ट पेजमा सामसङ ग्यालेक्सी इ०२ को मोडल एसएम इ०२५/डीएस राखिएको छ। यस मोडललाई अघिल्लो महिना ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड बीआइएस प्राप्त भएको थियो। यस बाहेक यो फोनलाई यसै मोडल नम्बरका रुपमा अर्को वेबसाइट डिभाइस वाइ फाइ अलायन्समा पनि देखिएको थियो।

जानकारी अनुसार यो डिभाइसमा एन्ड्रोइड १० भर्जनका साथ आउनेछ भने कम्पनीले यसको मूल्य थोरै राखेर बजेट फोनका रुपमा लञ्च गर्ने योजना

 ग्यालेक्सी एम१२ छिट्टै आउने

ग्यालेक्सी इ०२ बाहेक कम्पनीले एउटा अर्को बजेट फोन एम१२ पनि सार्वजनिक गर्दैछ। यो पनि इ०२ जस्तै बजेट फोनका रुपमा आउने बुझिएको छ।

यसमा ६.५ इन्चको एचडी प्लस डिस्प्ले, वन यूआई कोर अपरेटिङ सिस्टम, ६ जीबी र्याम तथा अक्टाकोर प्रोससर रहन सक्नेछ। साथै ४८+५+२+२ मेगा पिक्सेलको रियर क्यामरा सेट अप  तथा सेल्फका लागि ८ मेगा पिक्सेलको फ्रन्ट क्यामरा आउन सक्ने जनाइएको छ।

ग्यालेक्सी इ०२ बाहेक कम्पनीले एउटा अर्को बजेट फोन एम१२ पनि सार्वजनिक गर्दैछ। यो पनि इ०२ जस्तै बजेट फोनका रुपमा आउने बुझिएको छ।

ए सिरिज

ए सिरिजको सामसङ ग्यालेक्सी ए३२ मा ६.५ इन्चको एचडी डिस्प्ले, मिडियाटेक हेलियो जी८० प्रोसेसर तथा ४८ मेगा पिक्सेलको रियर क्यामरा सेट अफ हुनसक्ने आकलन छ। ए५२ र ए७२ मा भने स्न्यापड्रागन प्रोसेसर, एमोलेड डिस्प्ले तथा ३२ मेगापिक्सलको सेल्फी क्यामरा हुनेछ

 

 

TK Viber

प्रकाशित: १७ फाल्गुन २०७७, सोमबार

Loading...