नेपाल टेलिकमको नेटवर्कमा नागरिक एप चलाउँदा डाटा शुल्क नलाग्ने

Technology Khabar १७ फाल्गुन २०७७, सोमबार

नेपाल टेलिकमको नेटवर्कमा नागरिक एप चलाउँदा डाटा शुल्क नलाग्ने
Classic Tech

नेपाल टेलिकमले आफ्नो नेटवर्कमा नागरिक एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने बनाएको छ।

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले सरकारले निर्देशन दिनुभन्दा अगाडि नै नागरिक एप निशुल्क प्रयोग गर्ने गरि एकीकृत गरिएको जानकारी दिएको छ ।

नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले हालै पत्र पठाउँदै नागरिक एप चलाउँदा डाटा शुल्क नलाग्ने बनाउन टेलिकम अपरेटरहरुलाई निर्देशन दिएको थियो । सोहि निर्देशनको जवाफमा नेपाल टेलिकमले यसअघि नै सो एपलाई निशुल्क प्रयोग गर्न सकिनेगरि नेटवर्कमा एकीकृत गरिसकिएको जानकारी दिएको हो ।

टेलिकमले माघ ६ गतेदेखि नै नागरिक एप चलाउँदा नेपाल टेलिकमको नेटवर्कमा कुनै शुल्क नलाग्ने बनाएको जानकारी प्राधिकरणलाई दिएको छ।

प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले टेलिकम अपरेटरहरुलाई नागरिक एप चलाउँदा डाटा शुल्क नलाग्ने बनाउन निर्देशन दिएको जानकारी दिए ।

‘हामीले एक साता अगाडि नै सबै अपरेटरहरुलाई निर्देशन दिईसकेका छौं । सो निर्देशनअनुसार टेलिकम कम्पनीहरुले नागरिक एप चलाउँदा शुल्क नलाग्ने बनाउनुपर्नेछ,’ प्रवक्ता अर्यालले टेक्नोलोजीखबरसँग भने ।

उनकाअनुसार नेपाल टेलिकमले यसअघि नै निशुल्क बनाईसकेको जानकारी दिएको छ भने एनसेलले हालसम्म कुनै जानकारी दिईसकेको छैन् ।

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नागरिक एपमा सबैको पहुँच बढाउनका लागि मोबाइलमा एप चलाउँदा डाटा शुल्क नलाग्ने बनाउने उल्लेख गरेको थियो ।

नागरिक एप चलाउँदा डाटा शुल्क नलाग्ने बनाईँदै, सञ्चार मन्त्रालयको नियमनकारीलाई निर्देशन

सोहिअनुसार मन्त्रालयले दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणलाई पत्र पठाउँदै त्यसमा सहरीकरण गर्न भनेको थियो ।

प्राधिकरणले सोहिअनुसार सबै अपरेटरहरुलाई पत्र पठाउँदै नागरिक एप प्रयोगगर्दा डाटा शुल्क नलाग्ने बनाउन निर्देशन दिएको हो।

यो पनि हेर्नुस्-

तपाईँको मोबाइलमा नागरिक एप चलेन् ? यसरी ल्याउनुस् आफ्नो नाममा टेलिकमको सिमकार्ड

TK Viber

प्रकाशित: १७ फाल्गुन २०७७, सोमबार

Loading...