आदिम इन्नोभेसन स्टार्टअप फण्ड स्थापना, उत्कृष्ट इन्नोभेसनलाई १० लाख रुपैयाँसम्म दिइने

Technology Khabar १७ फाल्गुन २०७७, सोमबार

आदिम इन्नोभेसन स्टार्टअप फण्ड स्थापना, उत्कृष्ट इन्नोभेसनलाई १० लाख रुपैयाँसम्म दिइने
Global IME Bank

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आदिम कलेजले ‘आदिम इन्नोभेसन स्टार्टअप फण्ड’ स्थापना गरेको छ ।

आइतबार होटल हिमालयमा एक विशेष कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय आविश्कार केन्द्रका प्रमुख महाविर पुनको विशेष उपस्थितीमा स्टार्टअप फण्डको घोषणा गरिएको हो ।

कलेजले ब्याचलर्स अफ कम्प्युटर एप्लिकेशन (बिसिए) अन्तिम वर्षका विद्यार्थीहरुलाई लक्षित गरेर १० लाख रूपैयाँ बराबरको आदिम इन्नोभेसन स्टार्टअप फण्ड स्थापना गरेको छ । पत्रकार सम्मेलनमा फण्डको बारेमा जानकारी दिदै कलेजका प्रिन्सिपल शंकर प्रसाद शर्माले विद्यार्थीहरुलाई स्वदेशमै सम्भावना र अवसर सृजना गर्दै उद्यमशिलता फण्डको सुरुवात गरिएको जानकारी दिए ।

कार्यक्रममा सम्वोधन गर्दै महाविर पुनले यो सुरुवात नेपालको कलेजहरुमा पहिलोपटक भएको भन्दै यसले अब इन्नोभेसन र उद्यमशिलताको संस्कृती विकास गर्ने बताए । पुनले भने “१० लाख रुपैयाँ सुरुवात भएपनि यसले अन्य सयौंलाई यस क्षेत्रमा कृयाशिल हुन प्रोत्साहन गर्नेछ ।”

यसैगरी कार्यक्रम प्राडा शुवर्ण शाक्यले विद्यार्थीले आइडिया र इन्नोभेसनमा काम गर्ने हो, यसर्थ ‘आदिम इन्नोभेसन स्टार्टअप फण्ड’ नेपालको शैक्षिक क्षेत्रमा उद्यमशिलतालाई प्रवद्धन गर्ने नयाँ आयाम हुने कुरामा विश्वास व्यक्त गरे ।

यो फण्ड पूर्ण वा आंशिक रूपमा विद्यार्थीको उत्कृष्ट इन्नोभेटिभ प्रडक्ट वा प्रोजेक्टलाई प्रदान गरिनेछ । फण्ड आवश्यक डिभाइस, सफ्टवेयर र कार्यालय सेटअपमा खर्च गर्न सकिनेछ भने डेभलपरलाई पारिश्रमिक दिन पनि खर्च गर्न सकिने कलेजले जनाएको छ ।

कलेजका अनुसार विद्यार्थीहरु बीचमा उद्यमशीलताको स्किलसेटलाई बढवा दिन र रोजगारी खोज्ने भन्दा पनि रोजगारी दिने माइन्डसेट विकास गर्न यो फण्ड स्थापना गरिएको हो । यो फण्डले अध्ययनसँगै उद्यमशिलताको विकास गर्न महत्वपुर्ण सघाउ पुग्ने बताईएको छ ।

फण्ड घोषणाको विशेष कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका आइटी कार्यक्रम निर्देशक नवराज पौडेलले ‘आदिम इन्नोभेसन स्टार्टअप फण्ड’ नेपालको शिक्षा क्षेत्रमा उदाहरणिय प्रयास भएको बताए ।

इन्नोभेटिभ आइडिया तथा कन्सेप्टलाई वास्तविकतामा उतार्न फण्डले सहयोग गर्नेछ । फण्डलाई प्रडक्टको ब्राण्डिङ र मार्केटिङमा समेत खर्च गर्न सकिने छ । फण्डले उद्यमशीलताको यात्रा शुरू गर्न विद्यार्थीहरुलाई प्रेरित गर्ने विश्वास लिएको प्रिन्सिपल शर्माले बताए ।

आदिम कलेजले ब्याचलरमा बीसीए, बीबीएस, बीएसडब्लुका साथसाथै प्लस टु लेभलमा साइन्स, म्यानेजमेन्ट विषय पढाइरहेको जनाएको छ ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १७ फाल्गुन २०७७, सोमबार

ताजा समाचार

Taiwan’s chip output soars in 2024 on AI, says TSMC

  • Technology Khabar
  • २३ कार्तिक २०८१, शुक्रबार