पोकेमन लेजण्ड्स: आर्किअस निन्टेन्डोमा २०२२ को सुरुमा आउने

Technology Khabar १७ फाल्गुन २०७७, सोमबार

पोकेमन लेजण्ड्स: आर्किअस निन्टेन्डोमा २०२२ को सुरुमा आउने
Classic Tech

पोकेमन कम्पनीले सन २०२२ को सुरुमा आफ्नो पोकेमन लेजण्ड्स: आर्किअस निन्टेन्डो स्विचका लागि लञ्च गर्ने घोषणा गरेको छ। यो गेम पोकेमनको डायमन्ड र पर्ल संस्करणको अघिल्लो भर्जन प्रिक्वेलका रुपमा रहने बताइएको छ।

पोकेमनको डायमन्ड र पर्ल संस्करण पनि निन्टेन्डोमा आउने पक्का भइसकेको छ। तर यी दुई भर्जन पोकेमन लेजण्ड्स: आर्किअस सार्वजनिक भएपछि मात्र आउनेछन्।

कम्पनीले पोकेमन लेजण्ड्स: आर्किअस सार्वजनिक हुने यकिन मिति नतोके पनि यो बेस्ट बाइ प्रि-अर्डरका लागि ५९.९९ डलरमा उपलब्ध गराइसकेको छ।

यो एउटा ओपन वर्ल्ड एडभेन्चर गेम हुनेछ। यसले अहिले चलिरहेको पोकेमनको भर्जनमा रहेको सेमी ओपन वर्ल्डमा रहेको तरबार र रक्षा कवचलाई नै प्रयोग गर्नेछ भने पछि त्यसैलाई अपग्रेड गरेर ‘ओपन वर्ल्ड’ तरिकाको बनाउने बुझिएको छ। एजेन्सी

TK Viber

प्रकाशित: १७ फाल्गुन २०७७, सोमबार

Loading...