अर्डर गरिन् आईफोन १२ प्रो म्याक्स, हात पर्यो स्याउ स्वादको दही!

Technology Khabar १६ फाल्गुन २०७७, आईतवार

अर्डर गरिन् आईफोन १२ प्रो म्याक्स, हात पर्यो स्याउ स्वादको दही!
Classic Tech

हज्जाराैं रुपैयाँ तिरेर अनलाइनमार्फत् एप्पलको आईफोन मगाउँदा  स्याउ स्वादमा रहेको डब्बाको चिसाे दही हात पर्याे भने तपाईँलाई कस्तो लाग्छ? पक्कै पनि जाेक गरेको जस्तो लाग्ला। हालसालै चीनमा एउटी महिलासँग यस्तै घटना भएको छ।

चीनमा एप्पलको आधिकारिक अनलाइन साइटमा आईफोन १२ प्रो म्याक्स अर्डर गरेकी एउटी महिलाले स्याउ स्वादको दहीजन्य पेय पदार्थ प्राप्त गरेकी छिन्।

विबोमा पोस्ट गरिएको एउटा सामग्रीका अनुसार ती महिलाले एप्पलको आधिकारिक अनलाइन साइटमा आईफोन १२ प्रो म्याक्सका लागि १ हजार ५ सय डलर तिरेकी थिइन्। तर यति ठूलो रकमबापत् उनले आईफोनको सट्टा पेय पदार्थ प्राप्त गरेकी हुन्।

यसरी आईफोन १२ प्रो म्याक्सको अर्डरमा दहीजन्य पेय पदार्थ डेलिभर गरिएको कुरालाई ‘ठगहरुद्वारा गरिएको जोक’ का रुपमा लिइएको छ।

लिउ नाम गरेकी ती महिलाले सामान रहेको पार्सल सोझै उनको घरमा डेलिभर नगरिएको बताएकी छिन्। उनले उक्त सामान आफ्नो घरमा नभइ आफू बस्ने क्षेत्रमा रहेको एउटा लकरमा आउने गरी अर्डर गरेकी थिइन्।

एप्पल तथा एप्पलको आधिकारिक कुरियरले एक्सप्रेस मेल सर्भिसले भने ती महिलाले भनेको लोकेशनमा आईफोन १२ प्रो म्याक्स नै डेलिभर गरिएको दावी गरेका छन्। तर लिउले भने आफूले आईफोन १२ प्रो म्याक्स नपाएको बरु त्यसको सट्टामा स्याउ स्वादको एउटा पेय पदार्थ हात पारेको दावी गर्दै आएकी छिन्।

उक्त चोरी/ठगीको घटना कुन बेला भयो भन्ने यकिन नभएकाले स्थानीय प्रहरीमा उजुरी गरिएको छ।

एप्पल र स्थानीय कुरियरले छानबिन गर्न सक्ने

ग्लोबल टाइम्समा छापिएको एक रिपोर्टका अनुसार एक्सप्रेस मेल सर्भिसले पनि छानबिनका लागि विशेष व्यक्तिहरु भर्ना गरेको बताइएको छ। यस सम्बन्धमा छानबिन चलिरहेको र एप्पलले पनि ग्लोबल टाइम्सलाई यस सम्बन्धमा यस्तै जवाफ दिएको जनाइएको छ।

एप्पलले यो आईफोन १२ प्रो म्याक्ससम्बन्धी समस्या छिट्टै सुल्झने बताएको छ। एजेन्सी

TK Viber

प्रकाशित: १६ फाल्गुन २०७७, आईतवार

Loading...