शाओमीको एमआई ब्याण्ड ६ मा ह्वाटसएप चलाउन मिल्ने, अन्य थुप्रै सुविधा पनि थपिने

Technology Khabar १६ फाल्गुन २०७७, आईतवार

शाओमीको एमआई ब्याण्ड ६ मा ह्वाटसएप चलाउन मिल्ने, अन्य थुप्रै सुविधा पनि थपिने
Classic Tech

शाओमीले निकट भविष्यमा ल्याउने एमआई ब्याण्ड ६ मा विभिन्न नयाँ फिचरहरु आउने भएका छन्। शाओमीको आधिकारिक एमआई फिट एप्लिकेशनमा रहेको जानकारी अनुसार एमआई ब्याण्ड ६ मा मेसेज रिप्लाइ गर्न सकिने सुविधा थपिने भएको हो।

ह्वाटसएप तथा टेलिग्रामजस्ता चर्चित मेसेजिङ एपहरु चलाउन तथा एसएमएस समेत गर्न सकिने सुविधा एमआई ब्याण्डको अब आउने संस्करण एमआई ब्याण्ड ६ मा उपलब्ध हुने बुझिएको छ।

जानकारी अनुसार ब्याण्डले मेसेजहरुको उत्तर छिट्टै दिने तथा पहिले नै उपलब्ध तयारी उत्तर हरु पनि छान्न सकिने सुविधा हुने बुझिएको छ। यी सुविधाहरु एमआई फिट कोडमा पहिले नै देखिइसकेका छन्।

यसअघि बाहिरिएका जानकारीहरुका अनुसार एमआई ब्याण्ड ६ मा शाओमीकै यसअघिको संस्करण एमआई ब्याण्ड ५ भन्दा उल्लेख्य सुधारसहित आउनेछ। यस अनुसार अबको संस्करणले एसपीओ२, एनएफसी, जीपीएस, एलेक्सा भ्वाइस असिस्टेन्ट जस्ता एप्लिकेशनहरु सपोर्ट गर्ने तथा यसको स्क्रीन साइज पनि पहिलेभन्दा केही बढेर आउनेछ।

ब्याण्डको नयाँ भर्जनका लागि चीनबाहिर आवश्यक सबै खाले सर्टिफिकेशनका कामहरु भइरहेको छ। यो एमआई ब्याण्ड ६ चिनियाँ संस्करणमा चीनमा सार्वजनिक हुनु अगावै चीन बाहिरका लागि चाहिने सर्टिफिकेशनका कामहरु भइरहेको हो।

यस बाहेक यो संस्करणमा डान्सिङ, जुम्बा, क्रिकेट, बास्केटबल तथा किक बक्सिङलगायतका नयाँ ११ वटा थपिएर एक्टिभिटीको सङ्ख्या ३० नाघ्नेछ।

यसै क्रममा इन्डोनेसियाको अर्ध सरकारी टेलिकम अपरेटर इन्डोनेसिया टेलिकमले शाओमी एमआई स्मार्ट ब्याण्ड ६ भन्ने नामलाई आधिकारिकता दिइसकेको जनाइएको छ।

इन्डोनेसियामा यो ब्याण्डको सर्टिफिकेशन भइसकेको छ। यसअघि यो मोडलले भारतबाट आवश्यक सर्टिफिकेशन पाइसकेको थियो। एजेन्सीका साथ

TK Viber

प्रकाशित: १६ फाल्गुन २०७७, आईतवार

Loading...