नेपालमा आयात हुने मोबाइल फोनका ब्याट्रीको गुणस्तर दूरसञ्चार प्राधिकरणले आफैं जाच्ने

Technology Khabar १६ फाल्गुन २०७७, आईतवार

नेपालमा आयात हुने मोबाइल फोनका ब्याट्रीको गुणस्तर दूरसञ्चार प्राधिकरणले आफैं जाच्ने

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले अब नेपालमा आयात हुने मोबाइल फोनका ब्याट्रीहरुको गुणस्तर आफैंले परीक्षण गर्ने भएको छ।

प्राधिकरणले हालसम्म आयातित मोबाइल तथा आईएमईआई नम्बर भएका कुनैपनि डिभाइसहरुको ब्याट्रीको गुणस्तर र मापदण्डलाई उत्पादक कम्पनीको प्रमाणपत्रको आधारमा नै मान्दै आएकोमा अब भने आफैंले ब्याट्री गुणस्तर परीक्षण गर्ने भएको हो।

मोबाइल ब्याट्री गुणस्तर मापन गर्ने र मापदण्डअनुसार भए नभएको परीक्षण गर्ने डिभाइस तथा ब्याट्री परीक्षण गर्ने प्रणाली आईसकेको र त्यसको प्रयोगको बारेमा तालिम सञ्चालन भईरहेको प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले जानकारी दिए।

‘डिभाइस आईसकेको छ अहिले तालिमको क्रममा रहेको हुँदा तालिम सकिएसँगै ब्याट्रीको गुणस्तर परीक्षण नियमितरुपमा गरिनेछ,’ उनले भने ।

यसको लागि प्राधिकरणले मापदण्ड यसअघि नै तोकेको छ र सोहि मापदण्डलाई आधार मानेर ब्याट्री परीक्षण गर्ने प्रणालीमार्फत नेपालमा आयात हुने मोबाइलका ब्याट्रीहरुको गुणस्तर परीक्षण गरिनेछ।

हाल नेपालमा स्मार्टफोनका लागि न्यूनतम १,००० एमएएच र फिचर फोनको लागि न्यूनतम ६,०० एमएएच क्षमताको ब्याट्री हुनुपर्ने मापदण्ड तोकिएको छ । सो भन्दा कम क्षमताको ब्याट्री जडान भएका स्मार्टफोन र फिचरको लागि प्राधिकरणले टाइप अप्रुभल जारी गर्दैन् ।

Global Bank
easy care

प्रकाशित: १६ फाल्गुन २०७७, आईतवार

ताजा समाचार