वर्ल्डलिंक कम्युनिकेशन्सको सद्भावना दूतमा शृंखला खतिवडा नियुक्त

Technology Khabar १६ फाल्गुन २०७७, आईतवार

वर्ल्डलिंक कम्युनिकेशन्सको सद्भावना दूतमा शृंखला खतिवडा नियुक्त
Classic Tech

नेपालकै सबैभन्दा ठूलो ब्रोडव्यान्ड सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले शृंखला खतिवडालाई कम्पनीको सद्भावना दूतका रूपमा नियुक्त गरेको छ।

पूर्व मिस नेपाल खतिवडा आफैंमा आर्किटेक्चर इन्जिनियर हुन् । उनी आर्किटेक्चर इन्जिनियरिङ्ग संकायमा आफ्नो ब्याचको टपर र समाजसेवामा समेत सक्रिय छिन् ।

सद्भावनादूत सम्झौता हस्ताक्षर कार्यक्रम वर्ल्डलिंकको मुख्य कार्यालय जावलाखेलमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा अध्यक्ष दिलीप अग्रवाल, बोर्ड निर्देशक मनोज अग्रवाल, प्रमुख कार्यकारी अधिकृत केशव नेपाल र शृंखला खतिवडा उपस्थित थिए ।

वर्ल्डलिंक कम्युनिकेशन्सका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले भने, “नेपालीलाई विश्वस्तरीय इन्टरनेट सेवा दिन वर्ल्डलिंक सधैं प्रयासरत रहेकोछ । २५औं वार्षिकोत्सवका अवसरमा सद्भावना दूतका रूपमा शृंखलाजीले हाम्रो प्रतिनिधित्व गर्दा हामी निकै खुसी छौं । उत्तम विचार सँगै सुन्दरता अनि सामाजिक हितका लागि आफ्नो ऊर्जाशिल समय दिने उहाँ निकै नै दुर्लभ प्रतिभावान व्यक्ति हुनुहुन्छ । हामी जस्तै उहाँ पनि आफ्नो क्षेत्रमा उत्कृष्ट हुनुहुन्छ र सँगै काम गर्दा हाम्रो सेवाहरुको वारेमा बजारमा सही जानकारीहरु प्रेसित गर्न सकिनेछ ।”

सद्भावनादूतका लागि सम्झौतामा हस्ताक्षर गरिसकेपछि शृंखलाले भनिन्, “नेपालको नम्बर एक ब्रोडव्यान्ड सेवा प्रदायकका रूपमा नेपालभरी गरेको विस्तारित सेवा प्रति, वर्ल्डलिंकले गरेको मेहनतको म सराहना गदर्छु । यसको सद्भावनादूत हुन पाएकामा निकै खुशी छु । वर्ल्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक मात्र होइन, डिजिटल नेपाल बनाउनका लागि सबैभन्दा धेरै योगदान पुर्याइरहेको संस्था पनि हो।”

TK Viber

प्रकाशित: १६ फाल्गुन २०७७, आईतवार

Loading...