इन्स्टाग्राममा रहेको तपाईँको पोस्ट डिलिट भयो? त्यसोभए यसरी रिकभर गर्नुहोस्

Technology Khabar १६ फाल्गुन २०७७, आईतवार

इन्स्टाग्राममा रहेको तपाईँको पोस्ट डिलिट भयो? त्यसोभए यसरी रिकभर गर्नुहोस्
Classic Tech

इन्स्टाग्रामले हालै रिसेन्टली डिलिटेड (recently deleted) नामको नयाँ फिचरको घोषणा गरेको छ। यो फिचरले प्रयोगकर्ताकाे एकाउन्टबाट हालसालै डिलिट गरिएका पाेस्ट तथा भिडियाेहरु रिकभर गर्न सकिने कम्पनीले जनाएकाे छ।

इन्स्टाग्राम Recently Deleted फिचर प्रयाेग गर्नका लागि निम्न चरणहरु पार गर्नुपर्ने हुन्छ:

  • यदि तपाईँ इन्स्टाग्राम प्रयाेगकर्ता हुनुहुन्छ र तपाईँको एकाउन्टबाट कुनै बेला कुनै भिडयाे वा पाेस्ट डिलिट भएको छ भने सबैभन्दा पहिले एकाउन्ट सेटिङ्गस (Account Settings) मा जाने
  • एकाउन्ट सेटिङ्समा गएपछि एकाउन्टमा क्लिक गरेर रिसेन्टली डिलिटेड (Recently Deleted) मा क्लिक गर्ने
  • त्यसपछि तपाईँका हालसालै डिलिट गरिएका फाेटाे तथा भिडियाे देखिन्छ।
  • ती फाेटाे तथा भिडियाेमा क्लिक गरेर रिस्टोर क्लिक गर्ने
  • यति गरेपछि तपाईँका हालसालै डिलिट भएका वा गरिएका फाेटाे तथा भिडियाेहरु रिकभर हुन्छन्।
  • याे फिचरले ३० दिन भित्र डिलिट गरिएका फाेटाे तथा भिडियाेहरु मात्र रिकभर गर्न सकिन्छ। ३० दिनभन्दा अघि डिलिट गरिएका फाेटाे तथा भिडियाेहरु भने रिकभर हुने छैनन्।

भेरिफिकेशन प्राेसेस

आफ्नाे एकाउन्टबाट ३० दिनभित्र डिलिट भएका फाेटाे तथा भिडियाेहरु रिकभर गर्नका लागि भेरिफिकेशनकाे प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।

भेरिफिकेशनका लागि सबैभन्दा पहिले आफ्नाे इमेल आईडी हाल्नुपर्ने हुन्छ। कम्पनीका अनुसार यसाे गर्नुकाे मुख्य उद्देश्य तपाईँकाे एकाउन्ट ह्याकर अथवा अन्य व्यक्तिबाट सुरक्षित गराउनु हाे।

TK Viber

प्रकाशित: १६ फाल्गुन २०७७, आईतवार

Loading...