यस वर्षको अन्त्यसम्ममा इलेक्ट्रिक कारहरु बनाउने ह्वावेको चाहना

Technology Khabar १५ फाल्गुन २०७७, शनिबार

यस वर्षको अन्त्यसम्ममा इलेक्ट्रिक कारहरु बनाउने ह्वावेको चाहना
Classic Tech

चिनियाँ टेक जायन्ट कम्पनी ह्वावेले आफ्नै ब्रान्ड अन्तर्गत इलेक्ट्रिक सवारीहरू बनाउने योजना बनाएको छ। यस बर्षमा केही मोडलहरू प्रक्षेपण गर्न सक्ने चार स्रोतहरूलाई उदृत गर्दै रोयटर्सले रिपोर्ट गरेको छ ।

विश्वको सबैभन्दा ठूलो दूरसञ्चार उपकरण निर्मातालाई संयुक्त राज्य अमेरिकाले कारोबारमा प्रतिबन्ध लगाएको छ ।

ह्वावे टेक्नोलोजीज कम्पनी लिमिटेडले राज्यको स्वामित्वमा रहेको चांगन अटोमोबाइल र अन्य सवारी निर्मातासँग कुरा गरिरहेको छ उनीहरूको कार प्लान्टलाई यसको विद्युतीय सवारी (ईभी) बनाउनका लागि प्रयोग गरिरहेको रिपोर्टमा उल्लेख छ।

बेइजिङ्गसमर्थित बेइक समूहको ब्लू पार्क न्यू इनर्जी टेक्नोलोजीसंग यसको ईभी निर्माण गर्न छलफलमा रहेको दुई मध्ये एक र यस विषयमा प्रत्यक्ष जानकारी भएका छुट्टै व्यक्तिले रोयटर्सलाई भने।

यो योजना ह्वावेको लागि सम्भावित रूपमा ठूलो परिवर्तन हुने बताईएको छ अमेरिकाको प्रतिबन्धले लगभग दुई बर्ष प्रमुख आपूर्ति श्रृंखलामा पहुँचमा कटौती गरेको खण्डमा ब्राण्डलाई जीवित राख्न आफ्नो स्मार्टफोन व्यवसायको एक हिस्सा बेच्न बाध्य पार्नेछ ।

ह्वावेका एक प्रवक्ताले भने इलेक्ट्रिक भेहिकल बनाउने कुरालाई अस्वीकार गरेका छन् ।

ह्वावेले आन्तरिक रूपमा ईभी डिजाइन गर्न थालेको छ र घरमै आपूर्तिकर्ताहरुलाई अनुरोध गरेका छन्, यस परियोजनालाई यस वर्ष चाँडो भन्दा आधिकारिक रुपमा सुरू गर्ने लक्ष्य राखिएको रिपोर्टमा उल्लेख छ।

ह्वावेको इलेक्ट्रिक कारले आगामी दिनमा बृहत बजार अर्थात मास मार्केट सेगमेन्टमा जाने योजना लिएको छ ।

TK Viber

प्रकाशित: १५ फाल्गुन २०७७, शनिबार

Loading...