सिमित स्पेक्ट्रम र कोभिड-१९ को असर एनसेलको आम्दानीमा, २२.६ प्रतिशतले आम्दानी घट्यो

Technology Khabar १४ फाल्गुन २०७७, शुक्रबार

सिमित स्पेक्ट्रम र कोभिड-१९ को असर एनसेलको आम्दानीमा, २२.६ प्रतिशतले आम्दानी घट्यो
एनसेल आजियाटा लिमिटेडको लैनचौरमा रहेको मुख्य कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको आम्दानीलाई कोभिड १९ ले नराम्ररी असर पारेको छ । हालै आजियाटाले सार्वजनिक गरेको तथ्यांकअनुसार कोभिड १९ र सिमित स्पेक्ट्रम क्षमताका कारण आम्दानीका साथै कम्पनीको क्षमतामा समेत असर परेको जनाएको छ ।

मुख्यतया कोभिड १९का कारण अन्तराष्ट्रिय र लामो दूरीको फोन कलमा परेको प्रभावका कारण कम्पनीको आम्दानीमा असर परेको उल्लेख गरेको छ ।

आजियाटाले आफ्नो ग्रुपअन्तरगतका कम्पनीहरुको वित्तीय बिबरण सार्वजनिक गरेको छ जसमा एनसेलको आम्दानी गएको अंग्रेजी वित्तीय बर्षमा २२.६ प्रतिशतले घटेको छ ।

यसका साथै लकडाउनको समयमा कम्पनीले आफ्ना ग्राहकहरुलाई निशुल्क रिचार्ज र बोनस दिँदा त्यसको असर आफ्नो आम्दानीमा परेको उल्लेख गरेको छ ।

आम्दानीमा गिरावट आउनु र उच्च नेटवर्क लागतका कारण कम्पनीको ब्याज, कर, ह्रासकट्टी भन्दा अगाडिको आम्दानीमा २५ प्रतिशतले असर पारेको उल्लेख छ । कुल आम्दानीमा भएको कमीका कारण कर कट्टी र ब्याज भुक्तानीपछिको आम्दानीमा ७७.९ प्रतिशतले कमी आएको उल्लेख गरेको छ ।

आजियाटाले यो एनसेलका लागि चुनौतीको वर्ष भएको भन्दै चौथो क्वाटरमा कम्पनीको आम्दानी चौमासिकरुपमा २.८ प्रतिशत तथा वार्षिकरुपमा भने ३.५प्रतिशतले वृद्धि हुँदै ग्रीन सिग्नल दिएको जनाएको छ । चौमासिक आम्दानीमा सुधार हुनुमा केहि ग्राहक संख्या बढ्नु र डाटा मुल्य लचकतामा थोरै सुधारलाई आधार मानेको छ ।

Global Bank
easy care

प्रकाशित: १४ फाल्गुन २०७७, शुक्रबार

ताजा समाचार