उद्योग वाणिज्य महासंघको सूचना तथा संचार प्रविधि विकास समितिले पूर्णता पायो

Technology Khabar १२ फाल्गुन २०७७, बुधबार

उद्योग वाणिज्य महासंघको सूचना तथा संचार प्रविधि विकास समितिले पूर्णता पायो
Classic Tech

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य मंगेशलाल श्रेष्ठको सभापतित्वमा गठित सूचना तथा संचार प्रविधि विकास समिति विस्तार भएको छ ।

समितिका सह–सभापतिहरूमा क्यान महासंघ नेपालका अध्यक्ष नवराज कुंवर, नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुली, नेपाल विज्ञापन संघका अध्यक्ष सोम प्रसाद धिताल र नेपाल सरकारका पूर्व सहसचिव वीरेन्द्र मिश्र तोकिएका छन् ।

सदस्यहरूमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौका दिपक भण्डारी, लोटस होल्डिङसका प्रमुख कार्यकारी निर्देशक अजित विक्रम शाह, ठमेल डटकमका संस्थापक बाल कृष्ण जोशी र नेपाली यूवा उद्यमी मंचका सुरक्षा अधिकारी छन् ।

सल्लाहकारहरूमा सूचना प्रविधि उच्चस्तरीय आयोगका पूर्व उपाध्यक्ष मनोहर भट्टराई, फ्यूजमेशिनका प्रमुख कार्यकारी अधिकृत डा. समिर मास्के, वाइज्याक शोलुसनका प्रमुख कार्यकारी अधिकृत प्राध्यापक सुरेश मानन्धर र गोल्छा अर्गनाइजेशनका संजय गोल्छा छन् ।

समिति विस्तारपछि महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघले तयार गरिरहेको भिजन पेपरमा पनि सूचना तथा प्रविधिलाई उच्च प्राथमिकता दिइएकोले सो दस्तावेजलाई बढी उपयोगी बनाउन समितिबाट महत्वपूर्ण सुझावको अपेक्षा गरेको वताए । अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्ने यो क्षेत्रको विकासका लागि के गर्नुपर्छ त्यसका प्राथमिकताहरू तय गर्न समितिलाई सुझाव पनि दिए ।

अध्यक्ष गोल्छाले जुनसुकै मुलुकको आर्थिक विकासका लागि सूचना तथा प्रविधि क्षेत्रको योगदान निकै महत्वपूर्ण हुने बताउँदै यस क्षेत्रमा पर्याप्त रोजगारी सिर्जना गर्न सकिने भएकाले समितिमार्फत मुलुकभित्र सूचना तथा प्रविधि क्षेत्रको विकासमा महासंघले महत्वपूर्ण योगदान दिन चाहेको स्पष्ट पारे ।

समिति सभापति श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले इ-कमर्शको विस्तारको साथै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा आइसीटीका सम्भावनाहरूको पहिचान गरी सुझाव तयार गर्ने र आइसीटी विकास एवं विस्तार सम्बन्धी नीति, ऐन, नियम एवं सरकारी निर्णयको पुनरावलोकन गरी गर्नुपर्ने सुधार सम्बन्धमा राय सुझाव तयार गर्ने निर्णय समेत गरेको छ।

TK Viber

प्रकाशित: १२ फाल्गुन २०७७, बुधबार

Loading...