Technology Khabar १२ फाल्गुन २०७७, बुधबार
च्याटबोटबाट शिखर इन्स्योरेन्सको बीमा खरिद, नविकरण र दाबी गर्न सकिने भएको छ । कम्पनीले गत मंसिर १७ गतेदेखि सुरु गरेको च्याटबोटको प्रयोग मार्फत शिखर इन्स्योरेन्सको बीमा खरिद, नविकरण र दाबी गर्न सकिने भएको हो ।
कम्पनीको च्याटबोटबाट इन्स्योरेन्स गर्नका लागि अफिससम्म पुग्ने समय नभएकाहरुले जहाँबाट पनि इन्स्योरेन्स गराउन सक्नेछन् । च्याटबोट मार्फत शिखर इन्स्योरेन्समा उपलब्ध सबै पोलिसीहरुको सेवा लिन सकिने कम्पनीले जनाएको छ ।
यसको लागि फेस वुक मेसेन्जरमा लग इन गर्नुपर्ने हुन्छ भने भाइवरमा कम्पनीको क्युआर कोड स्क्यान गर्नुपर्छ । इन्टरनेटको पहुँच भएका ग्रहाकहरुका लागि यो सुविधा अत्यन्तै सहयोगी र प्रभावकारी भएको कम्पनीको दाबी छ ।
यसैगरी आफूले लिन चाहेको बीमा सेवाका बारेमा च्याटबोट मार्फत जानकारी मात्र गराएमा शिखर इन्स्योरेन्सको सम्बन्धित निकायले तुरुन्तै ग्राहकसँग कुरा गर्नेछन् । यस पश्चात ग्राहकले आफ्ना कुरा सरल तथा सहजै राख्न सक्नेछन् ।
च्याटबोटका कारण ग्राहकहरुको समयको बचत हुनुको साथै महामारीका बेला स्वास्थ्य सुरक्षामा आइपर्ने चुनौतिसँग पनि जुध्न पर्दैन । च्याटबोट मार्फत शिखर इन्स्योरेन्सको कुनैपनि सेवा तत्कालै लिन पाइने कम्पनीले जनाएको छ ।
प्रकाशित: १२ फाल्गुन २०७७, बुधबार