गुगल म्याप्समा विश्वभरका एन्ड्रोइड प्रयोगकर्ताको लागि डार्क थिम आयो

Technology Khabar १२ फाल्गुन २०७७, बुधबार

गुगल म्याप्समा विश्वभरका एन्ड्रोइड प्रयोगकर्ताको लागि डार्क थिम आयो

काठमाडौं ।

गुगल म्याप्सले अन्तत यसको एन्ड्रोइड एपमा डार्क थिम पाएको छ। कम्पनीले घोषणा गरेको छ कि यो फिचर केहि महिनाको परीक्षण पछि सबै एन्ड्रोइड प्रयोगकर्ताहरूको लागि विश्वव्यापी रूपमा रोल आउट गरिनेछ। डार्क थिमले डिभाइसको ब्याट्री खपत कम गर्ने मात्र नभई ग्रेस्केल इन्टरफेसले आँखामा अधिक दबाब हुन दिँदैन।

तपाईँले फोनमा डार्क थीम विकल्प जाँच गर्न सक्नुहुनेछ

कम्पनीले आफ्नो ब्लगमा पुष्टि गर्‍यो कि डार्क थिम चाँडै नै गुगल म्याप्सका सबै एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि विश्वव्यापी रूपमा रोलआउट गरिनेछ। तपाईंको एन्ड्रोइड उपकरणमा नयाँ डार्क थिम जाँच गर्न, गुगल म्याप्सको सेटिंग्समा जानुहोस्, ‘थिम’मा ट्याप गर्नुहोस् र त्यसपछि अलवेज इन डार्क थिम विकल्प खोजी गर्नुहोस्। यदि उपलब्ध छ भने नेभिगेट गर्ने क्रममा उज्यालो कम गर्न यसमा क्लिक गर्नुहोस्।

यदि तपाईं ह्वाइट ल्याडस्केपमा नै फर्कन चाहानुहुन्छ भने सेटिंग्स> थिम> मा फिर्ता जानुहोस् र अलवेज इन लाइट थिम विकल्पमा क्लिक गर्नुहोस्। यद्यपि समाचार तयार पार्ने समयसम्म हामीले गुगल म्याप्समा डार्क थिम विकल्प एन्ड्रोइड एपको लागि पछिल्लो संस्करण १०.६१.२ मा अपडेट गरे पनि फेला पारेनौं।

गुगलले भन्दछ कि सबै उपयोगकर्ताले यो फिचर चाँडै प्राप्त गर्नेछन्, र यसको रोलआउटमा केही दिन लाग्न सक्दछ। कम्पनीले आईओएसमा यो सुविधा कहिले उपलब्ध हुनेछ भन्ने बारे कुनै स्पष्टीकरण दिएको छैन।

easy care

प्रकाशित: १२ फाल्गुन २०७७, बुधबार