नेटफ्लिक्समा नयाँ फिचर थपियो, इन्टरनेट कनेक्सन नभएपनि फिल्म र कार्यक्रमहरू हेर्न सकिने

Technology Khabar १२ फाल्गुन २०७७, बुधबार

नेटफ्लिक्समा नयाँ फिचर थपियो, इन्टरनेट कनेक्सन नभएपनि फिल्म र कार्यक्रमहरू हेर्न सकिने

काठमाडौं ।

नेटफ्लिक्सले प्रयोगकर्ताहरूका लागि नयाँ सुविधा ‘डाउनलोड्स फर यू’ (Downloads for You) को घोषणा गरेको छ।

यस नयाँ फिचरको सहयोगमा प्रयोगकर्ताहरूका लागि उनीहरूका सुझावमा देखाइएका शोहरू र चलचित्रहरू स्वचालित रूपमा डाउनलोड हुनेछन्। हाल यो सुविधा विश्वव्यापी एन्ड्रोइड प्रयोगकर्ताहरूको लागि मात्र उपलब्ध हुनेछ र पछि यसलाई आईओएस प्रयोगकर्ताहरूका लागि पनि उपलब्ध गराइनेछ।

ध्यान दिनुहोस् कि नेटफ्लिक्सको यो नयाँ फिचरको साथ प्रयोगकर्ताहरूले आफ्नो प्राथमिकता अनुसार डाटाको सीमा छनौट गर्न सक्षम हुनेछन्।

यो नयाँ फिचरले कसरी काम गर्दछ जान्नुहोस्।

यस नयाँ फिचरलाई इनेबल गरेपछि, तपाईँले १ जीबी, ३ जीबी, वा ५ जीबी सम्म डाउनलोड गर्न विकल्प पाउनुहुनेछ। अपेक्षानुसार, प्रयोगकर्ताहरूले यस फिचरमार्फत डाउनलोड गर्ने कन्टेन्ट हेर्नका लागि इन्टरनेटमा जडित नभए पनि उपलब्ध हुनेछ । नेटफ्लिक्सले यो दुई चरणको प्रक्रियामा गर्न सकिने जानकारी दिएको छ।

कसरी प्रयोग गर्ने

>> यदि तपाईँ पनि नयाँ फिचर प्रयोग गर्न चाहानुहुन्छ भने यसका लागि तपाईले पहिले ‘डाउनलोड’ ट्याबमा जानु पर्छ, त्यस पछाडि प्रयोगकर्ताहरूले डाउनलोड्स फर यू (Downloads For You) मा क्लिक गर्नुपर्नेछ।

>> यसपछि, तपाईले आफ्नो डिभाइसमा डाउनलोड गर्न चाहानुभएको सामग्रीको मात्रा छनौट गर्नुपर्नेछ। अर्थात यसमा (१ जीबी, ३ जीबी, वा ५ जीबी) प्रयोगकर्ताहरूले सामाग्रीको मात्रा चयन गरेपछि मात्र टर्न अनमा क्लिक गर्नुपर्छ।

नयाँ फिचर सहित नयाँ सामग्री डाउनलोड गर्नका लागि तयार गरिएको छ।जसमा फिल्महरु समेत रहेका छन् ।

पहिले यो विकल्प उपलब्ध थिएन। अब भने नेटफ्लिक्सका अनुसार, सामाग्री स्वतः डाउनलोड हुनेछ र यो प्रयोगकर्ताको छनौटमा आधारित हुनेछ।

नेटफ्लिक्सले यो चाँडै आईओएसमा यस फिचर परीक्षण शुरू हुने जानकारी दिएको छ। यद्यपि आईफोन र आईप्याडमा यसको उपलब्धताका लागि अन्तिम मितिको बारेमा कुनै पनि जानकारी प्रदान गरिएको छैन। एजेन्सीका साथ

Sajilo Visa

प्रकाशित: १२ फाल्गुन २०७७, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार