ह्वावेको नयाँ फोल्डेबल फोन मेट एक्स २ सार्वजनिक, यस्तो छ फिचरहरु

Technology Khabar ११ फाल्गुन २०७७, मंगलवार

ह्वावेको नयाँ फोल्डेबल फोन मेट एक्स २ सार्वजनिक, यस्तो छ फिचरहरु

काठमाडौं ।

चिनियाँ प्रविधि कम्पनी ह्वावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो तेस्रो फोल्डेबल फोन मेट एक्स २ विश्व बजारमा ल्याएको हो।

यो फोनमा आठ इन्चको फराकिलो स्क्रिन रहेको छ भने यसलाई भित्रपट्टि फोल्ड गर्न सकिन्छ । यसको स्क्रीन रिजोलुसन २४८०x२२०० पिक्सेल रहेको छ । यसलाई फोल्ड गर्दा यसको स्क्रिन साइज ६.६७ इन्चको हुन्छ ।

फोनमा क्वाड क्यामरा सेटअप राखिएको छ जसमा ५० मेगापिक्सेलको मुख्य क्यामराका साथमा ८ मेगापिक्सेल १२ मेगापिक्सेल र १६ मेगापिक्सेलको क्यामराहरु छन् । सेल्फीका लागि ५० मेगापिक्सेल क्यामरा प्रयोग गर्न सकिन्छ । यसले फोरके भिडियो समेत खिच्न सक्दछ ।

यो फोनमा कम्पनीले आफ्नै चिपसेट किरिन ९०० जून ५ नानोमिटर प्रोसेसमा बनेको छ सोही प्रयोग गरेको छ भने ह्वावेको आफ्नै अपरेटिङ्ग सिस्टम हार्मोनी ओएसमा आधारित रहेको छ ।

मेट एक्स २ फोल्डेबल फोनमा ८ जीबी र्याम तथा २५६ जीबी र ५१२ जीबी स्टोरेज रहेको छ ।

फोनमा दुई सिम प्रयोग गर्न सकिन्छ भने मेमोरी कार्ड समेत राख्न सकिनेछ ।फोनमा ५५ वाटको चार्जर टाइप सी पोर्ट हेडफोन ज्याकलगायतका फिचरहरु रहेका छन् ।

यो नयाँ फोल्डेबल फोन हाल चिनियाँ बजारमा मात्र बिक्री गरिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यसको शुरुवाती मूल्य १८ हजार चिनियाँ युआन तोकिएको छ ।

मेट एक्स२ मोबाइल फोन सार्वजनिक गरेको ह्वावे टेक्नोलोजिज हाल अमेरिकी प्रोसेसर चिप र गूगल सेवा प्रयोग गर्नबाट बन्चित छ ।

हुवावेका उपभोक्ता इकाईका अध्यक्ष रिचार्ड यूले एक विज्ञप्ति प्रकाशन गरी पछिल्लो शृंखलाको मोबाइल फोनले प्रयोगकर्तालाई विशेष अनुभूति दिलाउन सफल हुने विश्वास व्यक्त गरेका छन् । एजेन्सीका साथ

easy care

प्रकाशित: ११ फाल्गुन २०७७, मंगलवार