अन्तर्राष्ट्रिय प्रिन्टर ब्रान्ड ‘प्यान्टम’ नेपाली बजारमा भित्रँदै

Technology Khabar ११ फाल्गुन २०७७, मंगलवार

अन्तर्राष्ट्रिय प्रिन्टर ब्रान्ड ‘प्यान्टम’ नेपाली बजारमा भित्रँदै

काठमाडौं ।

चीनको अन्तर्राष्ट्रिय प्रिन्टर ब्रान्ड प्यान्टम नेपाली बजारमा भित्रने भएको छ । यसका उत्पादनहरुको बिक्री बितरण नेपालमा सुरु हुन लागेको छ।

नेपालका लागि आधिकारीक आयातकर्ता तथा बितरकमा प्यान्टम नेपाल प्रालि छनौट भएको छ भने कम्पनीले प्यान्टमका गुणस्तरीय उत्पादनहरु स्थानीय बजारमा भित्र्याउने जानकारी दिएको छ।

प्यान्टमले ४० भन्दा बढि देशहरुमा आफ्ना उत्पादनहरु बिक्री वितरण गरिरहेको छ ।

उच्चतम क्वालिटी र उचित दाम भएको कारण विश्व बजारमा यसको माग बढिरहेको कम्पनीले जानकारी दिएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमित खड्काकाअनुसार प्यान्टमले ग्राहकको मागको कदर गर्दै उचित मुल्यमा गुणस्तरीय सामान र सेवा उपलब्ध गराउनेछ । यसअघि अनौपचारिकरुपमा नेपालमा आउने गरेका प्यान्टमका उत्पादनहरु अब भने नेपालभरी आधिकारीकरुपमा उपलब्ध गराउने र सबै स्थानमा अधिकतम बजार मूल्य तोकिने उनले जानकारी दिए। साथै हरेक प्रदेशमा सर्विस सेन्टर खोल्ने सुरुवाती योजना भएको बताए।

पहिलो पटक चिनियाँ प्यान्टम कम्पनीले नेपाली कम्पनीलाई आधिकारी राष्ट्रिय बितरक तोकेको भन्दै त्यसले आगामी दिनमा ब्राण्डेड सामान उपलब्ध गराउन सहज हुने कम्पनीको दाबी छ ।

स्थानीय बजारमा आगामी फागुन १४ गतेदेखि प्यान्टम प्रिन्टरको बिक्री शुरु हुने जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ११ फाल्गुन २०७७, मंगलवार