फेसबुकले अस्ट्रेलियामा समाचार सामाग्रीहरु पुनः स्थापित गर्ने

Technology Khabar ११ फाल्गुन २०७७, मंगलवार

फेसबुकले अस्ट्रेलियामा समाचार सामाग्रीहरु पुनः स्थापित गर्ने

काठमाडौं ।

फेसबुकले अस्ट्रेलियामा रहेका प्रयोगकर्ताहरुलाई आफ्नो प्लेटफर्ममा समाचार सामाग्री पुनः बहाल गर्ने घोषणा गरेको छ।

सोशल मिडिया जायन्टले गत बिहिवारदेखि अस्ट्रेलियालीहरुलाई समाचार पोष्ट  गर्न र सेयर गर्न रोकिदिएको छ । कम्पनीले प्रस्तावित कानूनको विरोध र जवाफमा यसले र गुगलले र सामाग्री प्रकाशकहरुलाई भुक्तान गर्नुपर्ने छ।

फेसबुकले समाचार पेजसहित अन्य सरकारी निकायका पेजहरु समेत बन्द गरिदिएको छ ।

फेसबुक र गुगल दुबै सो कानूनको कडा विरोध गरिरहेका छन् ।

अष्ट्रेलियाका ट्रेजरर जोश फ्राईडेनबर्गले समाचार पृष्ठहरू ‘आउँदो दिनमा’ फेसबुकमा पुन: स्थापना हुने बताएका छन्।

मंगलबार एक विज्ञप्तिमा उनले कानूनमा संशोधन हुने बताएका छन्।

सरकारले भनेको छ कि यस कानूनले टेक जायन्टहरू र समाचार कम्पनीहरूको बिचमा समाचार सामग्रीको मूल्यको विषय माथि ‘निष्पक्ष’ वार्ता प्रक्रिया स्थापित गर्ने लक्ष्य राखेको छ।

अस्ट्रेलियाको सो नयाँ कानून विश्वव्यापरूपमा नियमनको लागी एक सम्भावित परिक्षण मामलाको रूपमा देखीएको छ ।

यस बिचमा फ्राईडेनबर्ग र फेसबुकका सिईओ मार्क जुकरबर्गका बिचमा निकै कुराकानी र छलफल भएको बताईएको छ । जसले सो कानूनमा केहि संसोधन हुनेछ ।

अस्ट्रेलिया सरकारले नयाँ कानूनमा ४ वटा संसोधन गर्ने बताएको छ । जसमा टेक कम्पनीहरूले प्रकाशकहरूसँग समाचार सामाग्री राख्नका लागि उचित भुक्तानीको लागि सम्झौता गर्न नसक्दा प्रयोग हुने अनिवार्य मध्यस्थता विधिमा परिवर्तन समावेश गर्दछ। त्यसैगरि मध्यस्थकर्ता नतोकेसम्मका लागि २ महिनाको मध्यस्थ अवधि रहनेलगायतका विषय समावेश छन् । एजेन्सीहरुका साथ

easy care

प्रकाशित: ११ फाल्गुन २०७७, मंगलवार