शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर बानेश्वरमा शुरु

Technology Khabar १० फाल्गुन २०७७, सोमबार

शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर बानेश्वरमा शुरु
Classic Tech

शाओमीले आज नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । उक्त सर्भिस सेन्टर काठमाडौंको बानेश्वरस्थित आईप्लेक्स मलमा संचालनमा ल्याइएको हो ।

शाओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा,नारायणघाट,नेपालगन्ज र इटहरीमा अवस्थीत छन् ।

ब्राण्डको रुपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको छ र नेपालमा आफ्टर सेल्स् सर्भिस नेटर्वक विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको छ ।

यस अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले भने, “शाओमीमा हामी वास्तवमै सबैलाई नवीनतम प्रविधिको पहुँच पुर्याउन केन्द्रित छौं । शाओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ हो । र, हामी बिक्री पछिको सेवा र ग्राहकको सेवाप्रतिको प्रयासमा हाम्रा नवीनतम उपायहरुको उत्तम कार्यान्वयन गर्न जारी राख्दछौं । हामीले आशा गरेका छौं कि यो नयाँ सर्भिस सेन्टरले नेपालभरका हाम्रा सबै प्रयोगकर्ताहरुलाई उच्च गुणस्तरीय सेवा पुर्याउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुद बनाउने छ ।”

यी सर्भिस सेन्टरहरु संचालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनहरुको प्रयोग बढेको छ ।सेवाको टर्नआराउन्ड समय र पर्याप्त पहुँच योग्यतामा उल्लेखनिय गिरावटले नेपालमामी फ्यानहरूप्रति ब्राण्डको प्रतिबद्धता प्रदर्शन गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

यो सर्भिस सेन्टर उद्घाटनकव् अवसरमा शाओमी नेपालले शाओमीका सबै उत्पादहरूमा फ्री सर्विस क्याम्प, वारेन्टी कार्ड भए नभएका सम्पूर्णका लागि एक हप्तासम्म प्रदान गर्ने जनाएको छ।

TK Viber

प्रकाशित: १० फाल्गुन २०७७, सोमबार

Loading...