Technology Khabar १० फाल्गुन २०७७, सोमबार
काठमाडौं ।
नबिल बैंकले भैरहवा कान्छी बजारको तरकारी /फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ।
सोमबार दिउँसो नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका निर्देशक संदिप फुयालले फलफूल खरिद गरी क्यूआर कोड मार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु गरे।
अब सो बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेट मार्फत सजिलै खरिद गरेको तरकारी/फलफूलको रकम भुक्तान गर्न सक्ने बैंकले जानकारी दियो ।
उद्घाटनमा नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यलय भैरहवाका निर्देशकले विभिन्न तरकारी/फलफूल पसलको अवलोकन र निरीक्षण गरेपछि केही पसलमा खरिद गरी आफ्नो मोबाइल बैंकिङको क्यूआर कोडमार्फत भुक्तानी सेवा सुरुवात गरेका थिए।
क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका निर्देशक फुयाँल, नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका सहायक निर्देशक रमेश न्यौपाने नबिल बैंकका लुम्बिनी प्रदेशका प्रमुख, यज्ञ प्रसाद शर्मा, नबिल बैंक भैरहवा शाखाका प्रबन्धक लिला प्रसाद ओझा नबिल बैंकका लुम्बिनी प्रदेशका प्रदेश प्रबन्धक मधुजंग कार्की र उक्त बजार व्यबस्थापन समितिका अध्यक्ष दिपक सहानीको उपस्थिति थियो।
डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो ।
साथै नबिल बैंक भैरहवा शाखाको पहलमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले भुक्तानी सेवालाई सहजीकरण गर्न उक्त बजार क्षेत्रमा निःशुल्क वाईफाई समेत जडान गरिदिएको छ।
अहिले बैंकको साथमा देशभर २,००० भन्दा बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठानहरु रहेका छन्, जुन हरेक दिन बढिरहेको बैंकले जनाएको छ।
प्रकाशित: १० फाल्गुन २०७७, सोमबार